अब प्रदेशस्थित कार्यालयबाट सवारी चालक अनुमतिपत्रको त्रुटि सच्याउन पाइने भएको छ । सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट सम्पादन गर्ने निर्णय भएसंगै प्रदेश कार्यालयबाट सवारी चालक अनुमतिपत्रको त्रुटि सच्याउन पाइने भएको हो ।
सवारी चालक अनुमतिपत्र आवेदकको बायोमेट्रिक बाहेक विवरण सच्याउने काम प्रदेश मातहत यातायात व्यवस्था तथा सेवा कार्यालयबाट हुने यातायात व्यवस्था विभागले जानकारी गराएको छ । विभागका अनुसार नेपालको संविधान २०७२ र कार्य विस्तृतीकरण प्रतिवेदन २०७५ ले सवारी चालक अनुमति व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई दिएको बताइएको छ ।
विभागले सेवाग्राहीको सेवा ध्यानमा राख्दै सवारी चालक अनुमतिपत्र व्यवस्थापन सम्बन्धी अधिकार प्रदेशलाई दिएको हो ।