भारतले मृत्युशैयामा पु¥याएको सार्कको ४०औँ सार्क बडापत्र दिवस औपचारिकता मात्र बाँकी रहेको छ । सन् १९८५ डिसेम्बर ७–८ मा बंगलादशको ढाकामा सार्कको प्रथम शिखर सम्मेलन आयोजना भएको थियो । त्यही शिखर सम्मेलनमा औपचारिक रूपमा सार्कको बडापत्रमा हस्ताक्षर भएको थियो । सो बडापत्रमा सार्क बडापत्रमा बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल, पाकिस्तान र श्रीलंकाले हस्ताक्षर गरेका थिए । केही वर्षपछि अफगानिस्तान पनि सदस्य बनेको थियो ।
नेपाल सार्कको अध्यक्ष छ भने नेपाल सार्क मुख्यालय रहेको देश पनि हो । भारतले पाकिस्तानविरुद्ध सार्कलाई मार्न खोजेको र त्यही कारणले सार्कको बैठक ९ वर्षदेखि हुनसकेको छैन । नेपालले सार्क सम्मेलनको सम्भाबनामा कूटनीतिक प्रयत्न गर्न सकेको देखिदैन ।ल्बदष् िदबलप
सार्कप्रति नेपाल दृढ छ तर यो दृढतालाई सफल पार्ने कूटनीतिक क्षमता नेपालसँग देखिदैन ।
सार्क नाममा मात्र सिमित हुनपुगेको छ । नेपालपछि सन २०१६ को नोभेम्बरमा पाकिस्तानमा गर्न तया गरियो तर त्यसपछि भारत र पाकिस्तानवीच आतंकवादको आरोप प्रत्यारोप भयो र सार्क भाँडियो । सार्क शिखर भाँड्ने काम भारतले गरिरहेको छ ।
पाकिस्तान भन्छ– शिखर सम्मेलन गर्न पाकिस्तान तैयार छ । तर भारतले स्वीकृति नदिंदा सार्क मृत्य शैयामा पुगेको हो ।
जम्मु–काश्मिरको उरीमा आफ्ना सैनिकमाथि पाकिस्तानले आक्रमण गराएको भारतले आरोप लगाएर सार्कलाई भाँडेको हो । यो आक्रमणमा १९ जना भारतीय सेनाको मृत्यु भएको थियो ।