Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

मंसिर २३ गतेबाट मतदाता नामावली दर्ता सुरु हुने

२१ शुक्रबार , मंसिर २०८११६ दिन अगाडि

मंसिर २३ गतेबाट मतदाता नामावली दर्ता सुरु हुने

देशभरका सबै प्रदेश तथा जिल्ला निर्वाचन कार्यायलयबाट मतदाता नामावलीमा नाम दर्ताको काम सुरु हुने भएको छ । निर्वाचन आयोगले मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु गर्ने भएको हो ।

निर्वाचन आयोगको प्रवक्ता नीता पोखरेल अर्यालले विज्ञप्ति जारी गर्दै मंसिर २३ गतेबाट मतदाता नामावली दर्ताको काम सुरु हुने बताएकी छन् । यसअघि गत मंसिर १६ गते सम्पन्न उपनिर्वाचन प्रयोजनका लागि मतदाता नामावली दर्ता गर्ने काम स्थगित गरिएको थियो ।

हाल उपनिर्वाचन सम्पन्न भइ परिणाम समेत अईसकेकाले नियमित नामावली दर्ता तथा अद्यावधिक कार्य सुचारु गरिएको आयोगले जनाएको छ । आयोगको वेबसाइटमार्फत आवेदन भरेमा बाहिरी जिल्लाबाट समेत मतदाता नामावली दर्ता गर्न सक्ने व्यवस्था मिलाइएको आयोगद्धारा गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।