Advertisement Banner
Advertisement Banner

०७ आइतबार, पौष २०८१23rd July 2024, 10:09:55 am

एउटा बेचन झाले हल्लाएको सत्ता

१९ बुधबार , मंसिर २०८११८ दिन अगाडि

एउटा बेचन झाले हल्लाएको सत्ता

राजनीतिक चरित्र र देशभक्ति मरेपछिको दृश्य एकपछि अर्को देखिदैछ । एउटा बेचन झालाई पक्राउ गर्नासाथ भुटानी शरणार्थीदेखि मानव बेचबिखन र बालुवाटार जग्गा प्रकरणसम्मका अनेक भ्रष्टाचारका किस्सा सार्वजनिक हुनपुगे । त्यसको लगत्तै ठूला दुई पार्टीको सरकार बन्यो, जुन सरकार स्थिरता र विकासका लागि भनिए पनि यथार्थमा अराजकतामा कमी आएन । यतिमात्र होइन, सहकारीको ८७ अर्व अपचलनलाई बिषयान्तर गरेर ६६ करोडको मामिलामा रास्वपाका अध्यक्ष रवि लामिछानेलाई हिरासतमै पागल बनाउने कार्य भइरहेको छ । जब नेतृत्व र नागरिकको मनमा देशभक्ति मर्छ, त्यतिबेलादेखि संविधान र लोकलज्जाले काम गर्दैन । यही परिदृश्य हो बेचन झा ।
यता क्यान्सर रोगका बिरामी सत्ता फेर्छु भनेर आन्दोलन गरिरहेका दुर्गा प्रसाई पनि हिरासतमै परेका छन् । उनलाई साइबर अपराध, रवि लामिछानेलाई संगठित अपराधकर्मसम्मको आरोप लगाइएको छ । ८७ अर्व होइन, सहकारीको ३ खर्ब अपचलन भएकोमा सबै चूप छन् ।