Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

कांग्रेसमा कोइरालाको बर्चस्व समाप्त

१८ मंगलबार , मंसिर २०८१२३ दिन अगाडि

कांग्रेसमा कोइरालाको बर्चस्व समाप्त

वीपी कोइरालाको कांग्रेसभित्र कोइराला परिवारको बर्चस्व समाप्त भएजस्तो देखिन्छ । सुजाता र सशांक धेरै पछि छन् । शेखर कोइरालाले सभापति शेरबहादुर देउवाको जाल तोडेर कांग्रेसमा जरा हाल्न मुस्किल छ । कम बोल्ने तर आफ्नो कमाण्ड कायम गर्ने देउवाको राजनीतिक शैली प्रखर मानिन्छ । यसैले कांंग्रेसभित्र देउवाको हैकम छ ।
शेखर कोइराला, सशांक कोइराला र सुजाता कोइराला । कोइराला परिवारका यी तीन हस्तीमध्ये शेखर र सशांक कोइराला चुनाव जितेका, पार्टीमा हैसियत पनि राख्छन् । सशांक प्रभावशाली रहेका छन् र वीपी पुत्र पनि हुन् । तर सशांक पार्टी सभापति चलाउने चरित्रका छैनन् भनिदैछ । यता शेखरले निकै प्रयत्न गरिरहेका छन्, उनको प्रयत्नमा देउवा र उनका सहयोगीहरूले पानी फेरिरहेका छन् । देउवाका सहयोगीहरू सशक्त देखिन्छन् । शेखर र सशांक कहिले वीपीवादी, कहिले हिन्दुराष्ट्र र राजतन्त्रको वीपी सिद्धान्तका कुरा पनि गर्छन्, कहिले लोकतन्त्र र संघीयतालाई सघाउ पनि पु¥याउँछन् । स्पष्ट राजनीतिक दृष्टिकोण र भावी मार्ग के हो स्पष्ट छैन । वीपी सिद्धान्तमा नजाने हो भने कम्युनिष्टले लतारेर लैजान्छ भन्ने भेउ पाएर पनि सतर्क छैनन् । नेपाली कांग्रेसको भोट घटेको छैन तर हिन्दु र राजसंस्थावादीको भोट नपाउने हो भने कांग्रेस ०८४ को मिसनमा पनि बहुमत पाउन नसक्ने पक्का छ । तीन कोइराला एक हुन नसक्नु र पार्टीलाई साथ लिन नसक्नु यी कोइरालाका कमी हुन् ।