Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

हामी सबै एकठाउमा उभिऔं

१८ मंगलबार , मंसिर २०८१२३ दिन अगाडि

हामी सबै एकठाउमा उभिऔं

लुम्बिनीको अभिनन्दन समारोहलाई सम्बोधन ः हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गईरहेको छ । हामी सबै एकै ठाउँमा उभिऔं...मार्गचित्र तयार गरौं ।
पूर्वराजा जता जान्छन्, उतै जनसागर उर्लिन्छ । लोकतन्त्रमा टाउको गन्ने हो भने पार्टी, नेताभन्दा राजा लोकप्रिय छन् । तर राजा भनेको राजा नै हुन् । सान, मान, इज्जत, ताकत, बिश्वास, देशभक्ती, धार्मिक, सांस्कृतिक शक्तिको प्रतीक मात्र होइन, देशको अभिभावकीय दायित्व सम्झेर सबै मिलेर देश निर्माण गर्ने मार्गचित्र बनाउन आह्वान गरिएको देखिन्छ । यो आह्वानको आदर गरौं ।
पूर्वराजाले हरेक अभिनन्दनमा पटक पटक अभिव्यक्त गरेका छन्– आफूलाई देश बचाउन आग्रह गरेको सुनेको छु । म कतै गएको छैन । सदासदा नेपालीका साथमा छु, नेपालभित्रै छु । नेपालीहरूको सुख–दुःख, सुविधा, असुविधा, बाधा–पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालिरहेको छु ।
सबै राजनीतिक दलहरूलाई सार्वजनिक आह्वान गर्दै पूर्वराजाले भनेका छन्– ‘नेपालको अस्तित्वमाथि खिया लाग्दै गइरहेको छ,  हामी झन् परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौँ । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन । त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ । देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।’
बुद्धको शरणमा परेर, शान्ति र समृद्धिको कामना गर्नु र लथालिङ् बन्दै गएको अवस्था सुधार्न सबैलाई मिलेर अघि बढ्न आह्वान गर्नु एउटा अभिभावकको प्राथमिक कर्तव्य हो, जुन पूरा गर्ने पइास भएको छ । तर राजनीतिक नेताहरूले यो आह्वानलाई आत्ममन्थनका साथ स्वीकार गर्नु राष्ट्रिय कर्तव्य हुन आउँछ । साख गुमाएको राजनीतिक नेतृत्वले आत्ममन्थन गरून् । पूर्वराजाले भनेका छन्–
पवित्र लुम्बिनी क्षेत्रको यो समथर सुन्दर नगरीमा आएर, केही शब्द बोल्ने मौका मिलेकोमा खुशी लागेको छ । आयोजक प्रवन्धकर्ता सबैमा धन्यवाद ।
नेपाल, बुद्ध जन्मेको देश, सगरमाथाको देश, सनातनी वैदिक संस्कृति विविध धर्म र सभ्यताको देश । अनि अनेक श्रोत साधन सम्पदाले भरिपूर्ण भएको समृद्धशाली देश । यस्तो सुन्दर, यति मनोरम यतिका सम्पदा र कतिकति मूल्यमान्यता तथा सभ्यता भएर पनि आज हामी कता कता हराइरहेका छौं, कता कता हारिरहेका छौं ।
म जता जाउँ जहाँ पुगौं, जनआवाज उठेको सुन्छु, मलाई आउ हाम्रो देश बनाउ र देश बचा, देशको सभ्यता र समृति बढाउ । यहाँ खडा भएर भन्दछु– म बोलिरहेछु, देश बनोस्, देश बचोस् भन्ने आफ्ना पुख्र्र्याली भावना इच्छा आकांक्षा पोखिरहेछु । म कतै अन्त गएको छैन, सदा सदा नेपालीका साथमा छु । नेपाल भित्रै छु, नेपालीहरूको सुख दुःख, सुविधा असुविधा, बाधा पीडा तथा हिजोआजको अवस्थालाई नजिकैबाट नियालीरहेको छु ।
समाज, कानुन र व्यवस्था बिना अस्तित्वमा रहनु हुँदैन । देश सुहाउँदो र बलियो आविष्कारहरू मार्फत अगाडि बढ्नु पर्छ । तर आज देश जर्जर भएको छ । बेरोजगारी, गरिबी, शैक्षिक कमजोरी र बाध्यकारी परिस्थितिले लाखौं युवाजनशक्ति बिदेशिएको छ । देशको माया नभएर होइन, अवस्था बिग्रिएर असन्तोष, आक्रोश तथा विवश भएर हाम्रो युवा जमात बाहिरिएको हो । यस्तो अवस्थाको अन्त हुनुपर्दछ । देशमै उत्पादन, उद्यम, इलम, सीप, शिषा र सभ्यताको नयाँ अध्याय खडा गर्नुपरेको छ । देशलाई खोक्रो पार्ने गरी चलिरहेको आजको चलन चल्तीमा व्यापक हेरफेर र सुधार गर्नैपर्दछ ।
राष्ट्रिय उत्सादह प्रतिभाको महान निवास हो । वीरता, पराक्रम, पुरूषार्थ र उच्च मूल्य मान्यतामा रहेको हाम्रो गौरवशालीदेश अहिले सबैले हेप्ने, सबैले छड्के आँखाले हेर्ने, अपमानित जस्तो बन्दै गएको स्वाभिमानी जनताको अनुभूति छ । हाम्रा बुढापाका, अनुभवीहरूको विचार भन्नुपर्दा हाम्रो राष्ट्रको अस्तित्वमाथि आज खिया लाग्दै गइरहेको छ । हामी झन परावलम्बी, परनिर्भर बन्दै आफ्नो स्वतन्त्र पहिचानबाट खुम्चिदै गइरहेका छौं । हाम्रो विचारमा यसप्रकार हामी खिइँदै जानु किमार्थ पनि राम्रो होइन ।
सदाचारी राजनीतिको युग बितिसकेको छ । हामी चिसो बहानामा बाँचिरहेका छौं । नेपालभित्र बस्ने र गरिने राजनीतिक तथा शासकीय परिवर्तनमा कुनै न कुनै प्रकारले दायाँ बायाँ भित्र तथा बाह्य शक्रिको टेको चाहिन्छ भन्ने एउटा भाष्य पनि हामीकहाँ छ तर हामीलाई लाग्दछ नेपाल राष्ट्रको एकीकरणदेखि आधुनिकीकरणसम्मको यावत प्रकृयामा हामी नेपालीहरूकै बुलबुता र आफ्नै राष्ट्रिय भावधाराबाटै सम्पादन भई आएका हुन् । त्यसैले के गर्दा र के कस्तो विधि व्यवस्था बदल्दा हाम्रो राष्ट्रिय मान्यता बन्छ अनि कसप्रकार अघि बढ्दा नेपाल र नेपालीको सर्वोत्तम हित हुन्छ, त्यो हामी आफैले तय गर्ने विषय हो । हामी सबैको दृढ पयत्न यसै अनुरूप हुनुपर्दछ भन्ने हामीलाई लाग्दछ ।
त्यसैले म भन्दछु, आउँ अब हामी सबै एकै ठाउँमा उभियौँ अनि सोचौं र सबै कुराको समीक्षा गरेर एउटा राम्रो मार्गचित्र तयार गरौँ । देश हामीले नै बनाउने हो – हाम्रै श्रोतसाधनको परिचालन गरेर देशको समृद्धि हामीले नै अघि बढाउने हो ।हामी मात्र ठीक अरू बेठीक हाम्रो बाटो मात्रै सुविटो अरूको कुबाटो भन्ने द्वन्द्व, बिग्रह, विवादबाट उठेर हामी नेपालको माटो र नेपाली बाटो समातेर हिंडौं । हामी सबैको भविष्य, सुख शान्ति यसैमा छ ।
बिगतको सबै दुःख बिसिदेउँ, मायाले मायालाई भरिदेउँ, घृणाको आगो कतै जलाइ देउ, पहिले यो आगोलाई मिले निभाई देउ,  भाग्यको सिमा हुँदैन, हुनु पनि हुँदैन । अब भाँचिएका टुक्राहरू जोडिदेउँ, उत्पीडनको गुनासो कहिलेसम्म सुन्ने, पहिले अन्याय अत्याचारमुक्त गरिदेउँ, अनुहार फेरि फेरी षडयन्त्र नगर, त्यस्ताको चालबाट आफूलाई बचाइदेउ, सबैमा फेरि एकपटक हाम्रो धन्यवाद ।