आइतबार सम्पन्न उपनिर्वाचनको अहिलेसम्म ३७ स्थानको नतिजा आउदा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । उपनिर्वाचनको ३७ स्थानको नतिजा आउदा नेपाली कांग्रेसले १६ वडामा जित हासिल गर्दै अग्रता कायम गरेको हो ।
स्थानीय तहमा रिक्त ४१ पदका लागि आइतबार सम्पन्न उपनिर्वाचनको अहिलेसम्मको नतिजामा नेपाली कांग्रेस पहिलो, माओवादी केन्द्र दोश्रो र नेकपा एमाले तेश्रो बनेका छन् । अहिलेसम्म ३७ स्थानको नतिजा आउदा नेपाली कांग्रेस १६ वडामा विजयी बनेको छ भने नेकपा माओवादी केन्द्र १ गाउँपालिका अध्यक्ष, १ नगरपालिकाको उपप्रमुखमासहित ६ वटा वडामा विजयी बनेको छ ।
निर्वाचन आयोगको पछिल्लो नतिजा विवरण अनुसार नेकपा एमालेले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्षसहित ५ वटा वडामा जिते हासिल गरेको छ । त्यस्तै जनता समाजवादी पार्टी नेपालले मधेस प्रदेशका दुई ठाउँका वडाध्यक्ष जितेको छ।
उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), एकीकृत समाजवादी, नेपाल मजदुर किसान पार्टी, स्वतन्त्रले समान १-१ स्थानमा जित हासिल गरेको बताइएको छ ।