
मंसिर १६ गते ४१ पदकाे लागि सम्पन्न भएकाे उपनिर्वाचनकाे नतिजा धमाधम आउने क्रम जारी रहेकाे छ । हिँजाे आइतबार सम्पन्न उपनिर्वाचनकाे हालसम्म २९ स्थानको नतिजा आएको हो ।
निर्वाचन आयाेगकाअनुसार हालसम्म २९ स्थानकाे निर्वाचन परिणामा आइसकेकाे छ । जसमा नेपाली काँग्रेसले अग्रता कायम गर्दै १५ स्थानमा विजयी हासिल गरेकाे बताइएकाे छ । त्यसैगरी नेकपा एमाले ७, माओवादी ५, जसपा २, नेकपा एस, रास्वपा, नेमकिपा र स्वतन्त्र समान १ स्थानमा विजयी हासिल गरेका छन् ।
आइतबार स्थानीय तहमा रिक्त पदका लागि बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएकाे थियाे । उक्त उपनिर्वाचनकाे नतिजा धमाधम आइरहेको छ ।