
आज भएको स्थानीय तह उपनिर्वाचनको मत परिणाम निर्वाचन आयोगको वेबसाइटमार्फत हेर्न सकिने भएको छ । स्थानीय तहको ४१ पदका लागिका लागि आज भईरहेको उपनिर्वाचनको मत परिणाम आयोगको वेबसाइटमा हेर्न सकिने भएको हो ।
उपनिर्वाचनको मतगणनाको परिणाम समय-समयमा आयोगको वेबसाइट https://result.election.gov.np मा नै अद्यावधिक गरिने निर्वाचन आयोगले जनाएको छ । आयोगको सहसचिव एवम् प्रवक्ता नीता पोखरेलका अर्यालकाअनुसार आयोगको वेबसाइट https://result.election.gov.np मार्फत मत परिणाम हेर्न सकिने बताइएको छ ।
मतगणना परिणाम बारे निर्वाचनका सबै सरोकारवालाहरूको सहज पहुँच तथा जानकारीका लागि आयोगको वेबसाइटबाट हेर्न सकिने गरी व्यवस्था मिलाइएको पनि उनको भनाई छ ।
त्यस्तै अहिले भइरहेको चुनावमा १२ बजेसम्म ३८ प्रतिशत मत खसेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानारी दिएका छन् । आज बिहान ७ बजेदेखि सुरु भएको मतदान कार्यमा साँझ ५ बजेसम्म हुनेछ ।