Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

बुद्धगोष्ठीमा मोदी, मुन नआउने

२३ मंगलबार , चैत्र २०७२१० बर्ष अगाडि

 जेठको पहिलो हप्ता हुने (६–८) बुद्ध अन्तर्राष्ट्रिय गोष्ठीमा २३ देशका धर्मगुरु, १३ देशका संस्कृति मन्त्री, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, चीनका राष्ट्रपति सिजिन पिङ र राष्ट्रसंघका महासचिव बान कि मुन सहभागी हुने जुन प्रचार भइरहेको छ, नेपालको कूटनीतिक असक्षमताका कारणले पूर्ण सफल नहुने भएको छ। मोदी र मुन, सिजिनपिङ व्यस्ततका कारणले आउन नसक्ने जवाफ परराष्ट्रमा आइसकेको स्रोतले जानकारी दिएको छ भने २५६०औं बुद्ध जयन्तिका आयोजक र संस्कृतिमन्त्रीवीच पनि खर्च व्यवस्थापनलाई लिएर खटपट चर्किएर गएको छ। त्यसै पनि लुम्बिनी विकास कोषका पदाधिकारीहरु राजनीतिक भागबण्डामा नियुक्त भएकाहरु छन्। तिनको मनोमालिन्यका कारणले बुद्ध नेपालमा जन्मेको सन्देश विश्वव्यापी गर्न पाइने, लुम्बिनीलाई बुद्धिष्ट हव बनाउने, बुद्ध सर्किट र विश्व शान्तिको केन्द्र लुम्बिनी घोषणा गर्न सकिने अवसरलाई बुद्धधर्मप्रति भन्दा पनि भ्रष्टाचारमा लिप्त भएकाहरुले असफल पार्दैछन्।

यो कस्तो सरकार होला, जो समयको महत्व बुझ्दैन र आफ्नै रागले चाउरिएको छ।