Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

रूसको ओरेश्निक क्षेप्यास्त्र

१२ बुधबार , मंसिर २०८११५ दिन अगाडि

रूसको ओरेश्निक क्षेप्यास्त्र

रूसले युक्रेनमा प्रहार गरेको ‘ओरेश्निक’ क्षेप्यास्त्रले विश्वसुरक्षालाई हल्लाइदिएको छ । २३ नोभेम्बरमा युक्रेनको डिनिप्रोमा यो अभेद्य क्षेप्यास्त्र रूसी राष्ट्रपति पुटिनले हान्न लगाएका थिए । पुटिनले प्रयोगका लागि तयारी अवस्थाका शक्तिशाली नयाँ क्षेप्यास्त्रहरूको भण्डार रहेको खुलासा पनि गरेका छन् । रूसले ‘ओरेश्निक’ क्षेप्यास्त्र निस्तेज पार्ने कुनै अर्को उपाय नभएको भनेको छ ।
रूसले यो क्षेप्यास्त्र प्रहार गरेपछि युक्रेनले अमेरिकी र ब्रिटिश क्षेप्यास्त्र प्रहार गरेको थियो । रूसले यो क्षेप्यास्त्र प्रहार गर्नु भनेको नेटो र यसका सदस्य राष्ट्रहरूलाई चेतावनी दिनु भएको विश्लेषकहरू बताउँछन् । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पुटिनको प्रहारलाई गम्भीर जवाफ दिन विश्व नेता गुहारे पनि कुनै नतिजा आएको छैन ।