नेपाली नोटमा चुच्चे नक्सा राखेकोमा केही दिन देखि नेपाली नेतासँग गुप्तगु गरिरहेका भारतीय जनता पार्टीका नेता बिजय जोलीले आपत्ति जनाएका छन् । नेपालले जानीजानी सीमा विवाद उत्पनन गरेको उनको आरोप छ । गत शनिवार राष्ट्रिय एकता अभियानले गरेको हिन्दु संस्कृति र नेपाल–भारत सम्बन्ध विषयक अन्तरक्रिया कार्यक्रममा जोलीले लिपुलेक जस्ता ठाउँलाई नोटमा, नक्सामा ल्याएको आरोप लगाए ।
जोलीले भनेका छन– मैले विश्वका ९४ देशको भ्रमण गरेको छु कुनै पनि देशको रूपैयाँमाथि कुनै छिमेकी देशको सीमा विवादको फोटो छापेको देखेको छैन । सीमालाई लिएर चीन र भारतको बिचमा पनि विवाद रहेको छ तर त्यो विवादित ठाउँलाई आफ्नो रूपैयाँमा कसैले छापेका छैनन्, तर नेपालले विवादित ठाउँलाई आफ्नो रूपैयाँमा छापेर बिबाद झिकिएको छ । जोलीले नेपाली नेताहरूमा सुझबुझसमेत नभएकोमा तिक्कता पोखे । नेपालमा नाकाबन्दी हुँदा नेपालको नेतृत्वले युएनमा उजुरी ग¥यो, जुन नाकाबन्दी भारतले गरेकै थिएन । सांस्कृतिक एकता समेत बलियो राख्न नेपाल–भारतबिचको सम्बन्ध सशक्त हुनुपर्छ भन्ने उनको तर्क थियो । जोलीले नेपालमा भइरहेको धर्म परिवर्तनले आफूहरूलाई चिन्तित बनाएको बताए । नेपालले धर्म परिवर्तनको कार्यलाई रोक्नुपर्छ ।
यो सबै सुनेका नेपाली नेताहरूले कसैले जोलीको आरोपको खण्डन गर्न सकेनन् । लिपुलेक नेपालको हो समेत भन्न सकेनन् ।