Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

हिमालको देशमा पानीको हाहाकार

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

सुदूरपश्चिम दार्चुलालगायतका पहाडी क्षेत्रका बासिन्दा खाल्डाखुल्डीमा जमेको पानी जम्मा गरेर पिउन बाध्य छन्। यो फोटो पहाडमा पानीको हाहाकार छ भन्ने प्रमाण हो। दार्चुलाकै बेहरी गाउँबासी यसैगरी बर्षायाममा जम्मा भएको पानीको भरमा जीवन गुजारा गरिरहेका छन्। यो त प्रतिनिधि घटनामात्र हो। पहाडी क्षेत्रमा पानीका लागि घन्टौं हिड्नुपर्ने वाध्यता कति छन् कति? पानीकै समस्याका कारण केटाकेटी स्कूल जान पाउँदैनन्, अरु काम गर्ने समय पानीकै जोहो गर्दैमा बित्ने गर्छ। फोहर पानी थिग्राएर पिउनाले पहाडी इलाकामा रोगव्याधि पनि अत्यधिक रुपमा बढ्दै गएको छ।

राजधानीमा विकासका कुरा गरिन्छ, आधुनिक जीवनयापनका गुड्डी हाँकिन्छ। पहाडमा यस्तो बिजोग छ। कुन सम्पन्नताको कुरा गरिरहेको छ सरकार? राजनीतिक पार्टीहरु यस्ता बिकट क्षेत्रहरुमा गएको देखिदैन। यी बिकट क्षेत्रमा सामान्य स्वास्थ्योपचार, पानी, शिक्षाको प्रवन्ध गर्न नसक्नेले ६ वर्षपछि विकासशील हुने कुरा गर्नु गफ नभए के हो? राजनीतिकर्मीहरु सपना बाँडेर शासन गरिरहेका छन्। यथार्थ धरातलमा यिनीहरु उभिने कहिले, जनतालाई सामान्य पूर्वाधारयुक्त सुविधा दिने कसले? लाग्छ, लोकतन्त्र सपनाको हावामहल  खडा गरिरहेको छ।