Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

सरकार भारतीय दुग्धपदार्थ आयात खुलाउदै

०५ बुधबार , मंसिर २०८१२१ दिन अगाडि

सरकार भारतीय दुग्धपदार्थ आयात खुलाउदै

स्वदेशको तरकारी, फलफूललाई भन्दा बढी महत्व भारतीयलाई दिने सरकारले अब दुग्ध पदार्थ आयात खोलन लागेको छ । यो सूचना पाएपछि नेपाल डेरी संघलगायतका कृषिजन्य उत्पादनसँग सम्बन्धितहरूले सरकारको कडा आलोचना गर्दै सरकारले आयात खुला गरे कृषकहरू कडा आन्दोलनमा उत्रने चेतावनी दिन थालेका छन् । यसबारे सरकार चूप छ ।
नेपाल डेरी संघले एक विज्ञप्ती निकालेर दुग्ध पदार्थको आयात खुलाउन नहुने भन्दै सरकारको ध्यानाकर्षण गराएको छ । दुग्ध पदार्थमा नेपाल आत्म निर्भर भईसकेकाले जस्तोसुकै दबाबमा पनि भारत लगायतका देशबाट दुग्ध आयात खुलाउन नहुने संघको माग रहेको छ । तर सरकार भारतीय दबाब झेल्न नसकेर डेरी उत्पादन नेपालमा आयात खुलाउने तैयारीमा जुटेको छ ।
नेपाली किसानहर चिन्ता गर्दै आक्रोशित पनि भएका छन् । नेपाली किसानहरूको उत्पादनले बजार पाउन नसकेर दैनिक लाखौ लिटर दूध फाल्नुपर्ने अवस्था छ । त्यसमाथि नेपाल डेरीले किसानबाट खरिद गरेको दुध बेच्ने तर किसानलाई मूल्य नदिने समस्या पनि ठूलै रहेको छ । गत महिनामात्र सरकारले डेरीलाई ऋण उपलब्ध गराएर किसानको मूल्य चुकाउन भनेको थियो । दूध बेच्ने, घीउ, दही, पनिर, दूध खाने तर किसानको पैसा तिर्न नसकेर घाटा भयो भन्ने नेपाल डेरी र सरकारका संस्थाहरू अचम्मकै तमासा देखाइरहेका छन् । खानेपानीको समस्या पनि यस्तै छ । फ्रिमा पानी ल्याउने, जनतालाई बेच्ने तर घाटा भयो भनेर टकटकिने समस्या गजबकै छ ।
सरकार नेपालीको कि विदेशीको हो ? नेपालीको हो भने नेपालका किसानलाई पलायन हुनुपर्ने अवस्था श्रृजना गर्न सरकार आफै किन उद्दत छ ? किसान र व्यवसायी मात्र होइन आम जनता पनि आक्रोसित भइरहेका छन् । अहिलेपनि दुग्ध पदार्थ नबिकेर अरबौं रूपैयाँ बराबरको दुग्धजन्य पदार्थ भण्डारण गरेर राख्नुपरेको व्यवसायीहरूको तर्कलाई समेत सरकारले बेवास्ता गरिरहेको छ । यो त अति भयो सरकार ।