Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

मुस्लिम विश्वविद्यालय

०५ बुधबार , मंसिर २०८१२२ दिन अगाडि

मुस्लिम विश्वविद्यालय

डा. सलिम अन्सारीले मुस्लिम विश्वविद्यालयको माग गरेका छन् । उनी भन्छन्– मुस्लिम समुदायको आवश्यकतालाई सम्बोधन गर्ने यो सकारात्मकता हुनेछ । उच्च शिक्षाको अवसर प्रदान गर्न मुस्लिम विश्वविद्यालयले मुस्लिम समुदायको उत्थान गर्न, शिक्षामा समावेशिता ल्याउन र राष्ट्रिय विकासमा योगदान गर्न महत्वपूर्ण भूमिका खेल्न सक्नेछ ।
नेपाल संस्कृत विश्वविद्यालय, लुम्बिनी बौद्ध र क्रिश्चियन विश्व विद्यालयले पहिले नै धार्मिक शिक्षामा समर्पित संस्थाहरू सञ्चालनमा छन्, जसमा गुरूकुल, गोम्बा र क्रिश्चियन विद्यालयहरूले आ–आफ्नो समुदायका लागि धार्मिक अध्ययनको प्रवर्द्धनमा महत्त्वपूर्ण भूमिका खेलिरहेका छन् भन्ने गर्दै आएको सम्झना दिलाउँदै अन्सारीले इस्लामिक अध्ययन अध्यापनमा मुस्लिम विश्वविद्यालयको आवश्यकता छ भनेका छन् ।
नेपालका तराई मुस्लिम बस्तीहरूमा रहेका ३ हजार मदरसाहरूमा  आतंककारी बसोबास गर्ने आशंका गर्ने गर्छ भारत । नेपाली मुसलमानहरू हिन्दु, बौद्ध अथवा अन्य समुदायसँग सद्भावका साथ बाँचेका छन्, १६ भन्दा बढी विश्वविद्यालय स्थापित भइसकेको सन्दर्भमा मुस्लिमले विश्वविद्यालयको माग गर्नु उचित छ भन्ने धारण धेरै बुद्धिजीवीहरूको छ । हेर्नुछ, सरकारले कस्तो दृष्टि राख्ला ?