Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सरकार छाडिन्छ

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

आउँदो वर्षाअघि नै भूकम्पपीडितका घर बनाउन असफल भए सरकार छाडिनेछ। यो एमाओवादीले दिएको पहिलो चेतावनी हो। चैत १३ गते पार्टी कार्यालयमा पत्रकार निम्त्याएर एमाओवादी प्रवक्ता दीनानाथ शर्माले खुलेर यसो भनेको हो। भूकम्पपीडितले वर्षाको झरी र हिउँदको चिसो सहिसके। सरकार संवेदनशील हुनसकेन। अझै भूकम्पपीडितले घर निर्माण गर्न राहत पाउन सकेका छैनन्। घर बनाउन राहत पनि नदिने, आफै बनाउनेलाई मापदण्डसमेत नतोक्ने कार्यप्रति एमाओवादी गम्भीर छ, जनस्तरबाट नै यो सरकारको कार्यक्षमतामाथि प्रश्न उठिसकेको अवस्थामा एमाओवादी ओली सरकारमा टाँस्सिएर बसिरहनु र सरकार टिकाउन काँध थापिरहने अवस्थामा  बसिरहनु उचित छैन। त्यसैले हाम्रो कुरा नसुन्ने र भूकम्पपीडितको पीडा नबुझ्ने हो भने एमाओवादीले सरकार छाडेर फर्कन्छ।

यद्यपि एमाओवादीले ओलीको चीन भ्रमणप्रति सकारात्मक धारणा सार्वजनिक गर्दै चीन भ्रमण सफल भएको मूल्यांकन गरेको छ। एमाओवादी प्रवक्ताले नेपाल चीन सम्बन्ध सुधार हुँदा भारत तर्सनु नपर्ने धारणा पनि व्यक्त गरेका छन्।