Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

जनजीवनमा होइन, हावामा गणतन्त्र

०४ मंगलबार , मंसिर २०८१२३ दिन अगाडि

जनजीवनमा होइन, हावामा गणतन्त्र

लोकतान्त्रिक गणतन्त्र ! उपचुनाव र पार्टीहरूका कृयाकलापमा तमासा नै देख्न थालियो । ठूला पार्टी एकदोस्रालाई खुइल्याउन अघि सरेका छन् । गठबन्धन नगर्ने भन्दै गठबन्धनमा जोडिएका छन् ।
पतित राजनीतिले कसरी परिवर्तन ल्याउन सक्छ ? मंसिर १६ को उपनिर्वाचनमा ठूला पार्टीहरूका नीति, निष्ठा, सिद्धान्त पतन भएको देखिने भयो भन्छन् विश्लेषकहरू । चुनावी समाचार छ– ‘रूकुममा गठबन्धन ः काँग्रेसले सूर्य र एमालेले रूख चिन्हबाट उम्मेदवारी दिए ।’ माओवादी सत्ता सम्हाल्छु भन्दैछ, एमाले–कांग्रेसभित्र गलफत्ती सुरू भएको छ । समाज र शासनमा अराजकता र अस्थिरता बढ्दो छ । यी पार्टी र नेताले शान्ति र समृद्धि दिदैनन् भन्दै विश्लेषक भन्छन्– लोकतन्त्र, गणतन्त्रमा संविधानभन्दा माथि एउटा समूह छ ।