Advertisement Banner
Advertisement Banner

०६ बिहिबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

Image

आन्दोलन केका लागि ?

शाश्वत शर्मा

०४ मंगलबार , मंसिर २०८१२ दिन अगाडि

आन्दोलन केका लागि ?

गत शुक्रवार केशर विष्टको राष्ट्रवादी अभियानले आन्दोलन पूर्वको भेला सम्पन्न ग¥यो । सरकारसँग आफ्ना मागहरू वाचन गरेर सुनाए । त्यही दिन दुर्गा प्रसाईले पत्रकार सम्मेलन गरेर मंसिर ७ को आन्दोलनका बारेमा भन्दा पनि  हालै १५ लाख सहयोग गरेर उद्धार गरिएकी एक चेलीलाई उभ्याएर प्रशस्ती गर्न लगाए । केशर विष्टको नीति देखियो, सरकारसँग निहुँ खोज्ने अनि आन्दोलन गर्ने । दुर्गा प्रसाईको नीति देखिन्छ, त्यही समयमा सत्तारूढको जागरण अभियानको सामना गर्ने । 
राप्रपाको उपत्यका केन्द्रित आन्दोलन पनि मंसिरमै हुने भनिएको छ । डा.रत्नकमल बैद्यहरूको समूह पनि प्रदर्शन गर्ने भनिरहेका छन् । रास्वपा र माओवादी त सडकमै छन् । केशर विष्टको शुक्रवारे भेला ठूलै थियो, विष्टले आन्दोलनको मनस्थितिमा मलजल हाले । दुर्गा प्रसाईको समूहमा उत्साहभन्दा निराशा बढी छ । राजसंस्था पुनस्र्थापनाको मुद्दा गौण बनाएको भन्दै निराशा बढेको हो । भन्नेहरू त गतवर्षको मंसिर ७ को जस्तो ठूलो आन्दोलन हुँदैन भन्दैछन् ।
आन्दोलन र अराजकता, बढ्दो छ । सत्ताधारीदेखि विपक्षीहरू आन्दोलित भएका छन् । दुर्गा प्रसाईले उपत्यकावासीलाई आन्दोलनमा आउन आह्वान गरेका छन् । कति आउँछन्, मंसिर ७ मै थाहा होला । आन्दोलन सफल हुन सबै खाले जनताको साथ र सहयोग चाहिन्छ । पार्टीका कार्यकर्ता र अभियन्ताले मात्र आन्दोलन सफल हुँदैन । घरघरबाट निस्कनुपर्छ आमनागरिक । उद्देश्य प्राप्त नहुन्जेल आफ्ना बाद र विचारलाई पन्छाएर राष्ट्रलाई मुख्य मुद्दा बनाउनुपर्छ । भन्नेहरू त मंसिर ७ गते सत्तारूढले जति पनि भीड दुर्गा प्रसाईले निकाल्न सक्दैनन् भनिदैछ । बलेको आगो ताप्ने नेपाली मनस्थिति छ ।  यसकारण माओवादी, रास्वपा, राप्रपा, बिष्ट, प्रसाई जो हुन्, तिनले जनतालाई आकर्षित गर्न गाह्रै छ । यसकारण न ओली फाल्छु भन्नेले फाल्न सक्लान्, न त व्यवस्था फाल्छु भन्नेले नै फाल्न सक्नेछन् । खासगरी उत्तर वा दक्षिणले प्रसाईको आन्दोलनमा रूची राखेको देखिदैन । आरएसएसलाई जोड्न प्रसाईले प्रयास गरेका छन्  । यसैवीच भारतले भुटानमार्फत राजालाई राजकीय स्वागत सत्कार गर्न लगाएर ओलीलाई तर्साएको भन्नेहरू ओलीको चीन भ्रमण कार्यक्रमबाट ओलीप्रति चीन झन रूष्ट बनेको अर्थ लगाउन थालेका छन् । त्यसो त भारतको नीति नै हो राजा देखाएर जनता तर्साउने, जनता देखाएर राजा तर्साउने, पार्टीहरू फुटाउने र आफ्नो प्रभाव जमाउने । यसैवीच प्रतिपक्षी प्रचण्डले ओलीलले चाइना कार्ड खेलिरहेका छन् भन्ने आरोप लगाएर आफू भारतप्रति साखुल्ले देखिने प्रयत्न गरेका छन् । भारत ओलीको विरूद्ध कि यो शासन प्रणालीकै विरूद्धमा र हिन्दुराष्ट्रको पक्षमा हो ? ओलीलाई पश्चिमाले पदस्थापना गरेको र चीन पनि पश्चिमाकै कारण जान लागेको अर्थमा पनि हेरिन थालेको छ । सत्तामा कांग्रेस पनि छ, कांग्रेस सभापति पत्नी डा.आरजु परराष्ट्रमन्त्री छिन् । उनी नै भ्रमण एजेण्डा तय गर्दैछिन् । कांग्रेस बीआरई बिरोधीका रूपमा पनि चिनिन्छ । यो चीन भ्रमणबाट पनि कुनै उपलब्धि होलाजस्तो छैन भन्ने आँकलन सुरू भएको छ । यसैवीच पश्चिमाको टेकोमा अडेका ओलीलाई ढाल्न भारतले चीनको साथ खोजेको गाइँगुइँ पनि छ । नेपालमा पश्चिमा बर्चस्वका विरूद्ध भारत र चीन एक ठाउँमा उभिएका छन् । यसकारण प्रश्न उठ्छ, प्रचण्ड र प्रसाईको आन्दोलनमा भारतीय साथ र सहयोग कसरी हुनसक्छ ? केशर विष्ट त हिन्दु अधिराज्य कायम गराउनका लागि परेका हुन्, हुनसक्छ उनलाई सत्तारूढ भाजपा र त्यहाँको राष्ट्रिय स्वयम् सेवकको सहयोग कहीं कतैबाट होला । यसकारण निष्कर्ष निकालिदैछ, नेपालमा जुन प्रकारको आन्दोलनको वातावरण छ, त्यो भारत भर्सेज पश्चिमाको हुने हो ?
किनभने एमाले, जो पश्चिमाहरूको पकडमा छ, त्यो पार्टीले पनि मंसिर ७ गते उपत्यका केन्द्रित जागरण अभियान गर्दैछ । बिचरा नेपालीहरू आफ्नो बिग्रेको वर्तमान र अनिश्चित भविष्य सधार्नका लागि यी आन्दोलनका गोटी हुनपुगेका छन् । नेपालीका नाममा हुने आन्दोलन भारत विरूद्ध पश्चिमाको हुने ? फेरि राजा ज्ञानेन्द्रको मौनताले पनि व्यवस्था विरूद्ध आन्दोलन गर्नेहरूलाई रहस्यम बनाउँदै लगेको छ । पश्चिमा समर्थक एमाले र कांग्रेस एकातिर, भारत समर्थक प्रचण्ड, प्रसाई, बिष्टहरू अर्कोतर्फ । कांग्रेससँग पनि भारत नाखुश रहेको भनिदैछ । खासगरी चुच्चे नक्सालाई संसदबाट पास गराउँदा अघिको आफ्नो प्यादा नेपाली कांग्रेसले कुनै बिरोध नगर्नु र अहिले पश्चिमा खेमामा सर्लक्क कांग्रेस जानुले भारत चिढिएको बताइन्छ । यो संविधानको खारेजीले मात्र चुच्चे नक्सा नेपालको संविधानबाट हट्नसक्छ भन्ने बुझेको भारत भित्रभित्रै यो पद्धतिविरूद्ध छ भनिदैछ । फेरि पनि भनौं, हुने भनिएको आन्दोलन नेपाल र नेपालीका लागि नभई भारत र पश्चिमाको वीचको लडाइ हो भनेर बुझ्नुपर्छ भन्ने जानकारहरूको विचारलाई मान्न चाहिं सकिन्छ । सचेत जनता नै हुनुपर्छ ।