सर्वोच्च अदालतमा विचाराधीन रहेको ज्यानमार्ने उद्योगका अपराधी दीपक मनाङे भनिने राजीव गुरूङ ६ वर्षमा ६ पटक मन्त्री भएर पुनः जेल परेका छन् । २०७५ पुस ६ गते सर्वोच्चको आदेशले छुटेका उनी सर्वोच्चकै आदेशले ज्यान उद्योगमा बाँकी सजाय भुक्तान गर्न डिल्लीबजार खोज पुगेका छन् ।
उनको प्रतिक्रिया छ– फेरि आएँ, अब म आराम गर्न चाहन्छु ।
कांग्रेस, एमाले, माओवादी सबैलाई उनको सांसद पद प्यारो थियो र उनलाई पटक पटक मन्त्री बनाए । अहिले सर्वोच्चकै आदेशले जेल परेपछि उनलाई कुनै पनि पार्टीले वास्ता गरेनन् । मनाङबाट कांग्रेसका कर्म गुरूङलाई पराजीत गरेर निर्वाचित उनी यस्ता गण्डकी प्रदेश मन्त्री थिए, जसले मन्त्रीपद नै बिक्रीमा राखेको घोषणा समेत गरेका थिए । उनलाई २०७८ वैशाख १६ गते गण्डकीका पहिलो मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले पहिलोपटक मन्त्रीको जिम्मेवारी दिएका थिए । त्यसपछि त मुख्य मन्त्री फेरिदै रहे, दीपक मन्त्री बन्दै गए । मन्त्रीबाट वाक्क भएर उनले मन्त्री पद नै बिक्रीमा राखेको बताएर हलचल नै ल्याए । यो कस्तो लोकतन्त्र रहेछ ।