Advertisement Banner
Advertisement Banner

२६ बुधबार, मंसिर २०८१23rd July 2024, 10:09:55 am

बाइडनको निम्तो र भेटवार्ता

०४ मंगलबार , मंसिर २०८१२३ दिन अगाडि

बाइडनको निम्तो र भेटवार्ता

अमेरिकी राष्ट्रपति जो बाइडन र भावी राष्ट्रपति ट्रम्पवीच कात्तिक २८ गते ह्वाइटहाउसमा सौहाद्रपूर्ण वातावरणमा भेटवार्ता भयो । यो भेटवार्तामा शान्तिपूर्ण तरिकाले जनवरी २० मा सत्ता हस्तान्तरण गर्ने सन्देश सार्वजनिक भएको छ ।
यो भेटको रमाइलो पक्ष के रह्यो भने राष्ट्रपति बाइडनले हात मिलाएर ट्रम्पलाई चुनावी जीतको बधाइ दिएका छन् । राष्ट्रपति बाइडनले ट्रम्पलाई कुनै समस्या नहुने गरी सत्ता हस्तान्तरण गर्ने र सत्ता हस्तान्तरण पछि पनि सघाउ हुने जनाउ दिएका छन् । तर उपराष्ट्रपति कमला ह्यारिस भने गएकी थिइनन् ।
स्मरणीय छ, २०२० मा ट्रम्पले चुनाव हार्दा ट्रम्पले यस्तो संस्कार देखाएका थिएनन् । सपथग्रहण समारोह पनि बहिष्कार गरेका थिए । ट्रम्प समर्थकहरूले तोडफोडसमेत गरेका थिए । तर यसपल्ट त्यस्तो नहुने संकेत थियो यो ।