Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

सुरुभो जेठ १५ मा राजतन्त्र ल्याउने आन्दोलन

१५ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

शुक्रवार, चैत १२ गतेदेखि राजावादीहरु गणतन्त्रविरोधी विरोधसभा गर्न सडकमा उत्रिनथाले। यो राप्रपा नेपाल अथवा खुमबहादुरको जोश होइन, यो त शाही युवाशक्ति नेपालको शक्ति प्रदर्शन हो। यो युवाशक्तिले जेठ १५ भित्र राजतन्त्त फर्काउने कसम खाएको छ र हतियार समेत उठाउने धमास दिएको छ। जुलुस हेर्दा धेरैले टिप्पणी गरेका छन्– हुटिट्याउँले आकाश थाम्ला र?

जुलुस धेरै ठूलो थिएन, यिनले बोकेको प्लेकार्डमा विदेशीएजेण्डा गणतन्त्र खारेज गर, नेपाली जनताको चाहना राजतन्त्र कार्यान्वयनका लागि गणतन्त्रको विरोध सभा लेखिएको थियो। आन्दोलनको सुरुको चरण त्यति प्रभावशाली नभए पनि आगामी दिनमा यो आन्दोलनले डढेलोको स्वरुप लिनसक्ने अनुमान धेरैको छ। कारण, लोकतान्त्रिक सरकारको शासनदेखि जनता वाक्क भइसकेका छन्। भ्रष्टाचार र कूशासनले जनतामा नेताहरुप्रति बितृष्णा उत्पन्न हुन थालिसकेको छ। नेताहरुको चरित्रका कारण लोकतन्त्र बदनाम भइरहेको छ। नेताहरु अव सुधि्रदैनन् भन्ने निष्कर्ष जनताको छ। भ्रष्टाचार, महँगी, दण्डहीनता र असुरक्षाको विरोधमा जनता एकजुट हौं भन्ने नारा सामयिक देखिन्छ। तर, नेतृत्व गर्ने प्रभावशाली व्यक्ति देखिदैन।

हिन्दूराष्ट्र घोषणा गराइछाड्ने प्रतिज्ञा लिएका कांग्रेस नेता खुमबहादुर खड्का र हिन्दू जागरण अभियान चलाइरहेको राप्रपा नेपालले आफ्नो एजेन्डालाई आन्दोलनको स्वरुपमा ढाल्ने हो भने गणतन्त्रको विरोधसभाले अर्को जनआन्दोलनको रुप लिनसक्छ। हिन्दूवादी अथवा राजावादी भनिएकाहरुको एजेन्डा एउटै हो। आन्दोलन र अभियान फरक फरक रुपमा चलेका छन्। हिन्दूवादीहरुको अरु पनि संस्था संगठन, व्यक्तिहरु आन्दोलित रहेको अवस्था छ। यदि सबै एकै ठाउँमा मिसिएर आन्दोलनको डंका बजाउने हो भने राप्रपा नेपालले भनेजस्तो ५ लाख जनता सडकमा उतारेर तत्काल हिन्दूराष्ट्र कायम गराउन सकिन्छ। तर राजावादी र हिन्दूवादीभित्र पनि लोभीपापीहरुको जमघट बढी छ, अभिष्ट आ–आफ्नै छन्। यहीकारण आन्दोलन कमजोर देखिन्छ, आँधी बन्न सकेको छैन।