Advertisement Banner
Advertisement Banner

०९ बुधबार, माघ २०८१23rd July 2024, 10:09:55 am

आज ३ बजेसम्म उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

०३ सोमबार , मंसिर २०८१२ महिना अगाडि

आज ३ बजेसम्म उपनिर्वाचनका उम्मेदवारविरुद्ध उजुरी दिन सकिने

यहि मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि आईतबार उम्मेदवारी मनोनयन दर्ता गराएका उम्मेदवारविरुद्ध आज दिउसो ३ बजेसम्म उजुरी दिने समय सीमा तोकिएको छ । निर्वाचन आयोगले बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म उम्मेदवारविरुद्ध उजुरी गर्न सकिने समय तोकेको हो ।

आज आयोगले मनोनयन पत्र र उजुरीमा जाँच गरेर भोलि मंगलबार निर्णय गर्ने र उम्मेदवारको नामावली पनि भोलि नै प्रकाशित गर्ने बताइएको छ । त्यसैगरी पर्सि बुधबार उम्मेद्वारी फिर्ता लिने, अन्तिम नामावली प्रकाशित गर्ने र उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने आयोगको कार्यसूची रहेको छ ।

यसअघि आइतबार उपनिर्वाचन हुने ४४ स्थानीय तहमा मनोनयन दर्ता भएको थियो । जिल्ला समन्वय समितिका प्रमुख दुई, नगरपालिका प्रमुख एक, उपमेयर एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष तीन,र ३५ वटा वडामा वडाध्यक्ष पदका लागि ४४ स्थानीय तहमा उपनिर्वाचन हुन लागेको हो ।

उपनिर्वाचनका लागि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुको धेरै स्थान खालि छ । जसमा नेपाली कांग्रेसबाट निर्वाचित पालिका प्रमुख ३, जिल्ला समन्वय समिति प्रमुख २, उपप्रमुख, उपाध्यक्ष ३ र वडाअध्यक्षको १६ स्थान रिक्त छ ।

त्यस्तै नेकपा एमालेबाट निर्वाचित ७ जना वडाअध्यक्ष, माओवादीबाट निर्वाचित २ जना उपाध्यक्ष र ६ जना वडा अध्यक्षको स्थान रिक्त भएको छ भने जसपाबाट निर्वाचित १ र स्वतन्त्रबाट निर्वाचित १ स्थानमा निर्वाचित जनप्रतिनिधिको स्थान रिक्त रहेको छ । उक्त स्थानीय तहमा उपनिर्वाचन मार्फत पदपूर्ति गर्न मङ्सिर १६ गते निर्वाचन हुने भएको हो ।