Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

आज उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता हुँदै

०२ आइतबार , मंसिर २०८१एक महिना अगाडि

आज उपनिर्वाचनका लागि मनोनयनपत्र दर्ता हुँदै

यहि मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आज मनोनयनपत्र दर्ता हुँदै छ । उपनिर्वाचनका लागि सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा बिहान १० देखि अपराह्न ५ बजेसम्म उमेदवारको मनोनयन दर्ता हुनेछ ।

उपनिर्वाचनका लागि उमेदवारको मनोनयन दर्ताको सम्पूर्ण कार्य पूरा भएकाले आजै साँझ ५ देखि ६ बजेसम्म उमेदवारको सूची प्रकाशन गरिने निर्वाचन आयोगले जनाएको छ । उपनिर्वाचनका लागि शुक्रबार ३८ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना भएकाे र उपनिर्वाचन हुने स्थानीय तहमा ३२ वटा मुख्य निर्वाचन अधिकृतका कार्यालय र ६ वटा निर्वाचन अधिकृतका कार्यालय स्थापना गरिएकाे पनि आयोगले जनाएको छ ।  

त्यसैगरि मंसिर ३ गते बिहान १० देखि अपराह्न ३ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, सोही दिन अपराह्न ३ बजेपछि मनोनयनपत्र र उजुरीमाथि जाँचबुझ एवं निर्णय गरी मंसिर ४ गते साँझ ५ देखि ६ बजेसम्म उमेदवारको नामावली प्रकाशन हुनेछ । त्यस्तै मंसिर ५ गते बिहान ९ देखि अपराह्न १ बजेसम्म उमेदवारले नाम फिर्ता लिनसक्ने बताइएकाे छ ।

मंसिर ५ गते दिउँसो १ देखि ३ बजेसम्म अन्तिम नामावली प्रकाशन गरी दिउँसो ३ देखि ५ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न प्रदान गरिने र रिक्त स्थानीय तहमा मंसिर १६ गते बिहान ७ देखि अपराह्न ५ बजेसम्म मतदान हुनेछ । जिल्ला समन्वय समितिका प्रमुख दुई, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार, नगरपालिका प्रमुख र उपप्रमुख एक/एक र वडाध्यक्ष ३४ गरी ४४ रिक्त पदका लागि उपनिर्वाचन हुनेछ ।