नेपालीको काँग्रेसको दलित समुदाय समन्वय र सशक्तिकरण विभागमा दश जना सदस्य मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्य लक्ष्मी परियार प्रमुख रहेको उक्त विभागमा दश जनालाई मनोनीत गरेका हुन् ।
पार्टी सभापति देउवाले काँग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम सदस्य मनोनयन गरेको पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
मनोनीत सदस्यहरुमा तेह्रथुमका रामकृष्ण लकान्द्री, दैलेखका दीपक सोनी, बाराकी कलावली पासवान, चितवनका विपेन्द्र रामुदामु, डोटीका कुमार टेलर, धादिङकी शान्ता सुनार रहेका छन् । त्यसैगरी काठमाडौंका प्रकाश घतानी, पाल्पाका सुनिल बुढाथोकी, कैलालीकी कुमारी सार्की र गोरखाका केदार गान्धारीलाई पनि सदस्यमा मनोनीत गरिएको छ ।