परराष्ट्रमन्त्री आरजु राणा देउवा मंसिर १३ गते चीन जाने भएकी छिन् । समकक्षी वाङ यी को निमन्त्रणमा परराष्ट्रमन्त्री राणा चीनको राजधानी बेइजिङ जाने भएकी हुन् ।
मंसिर तेस्रो साता प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमण गर्ने भएकाले त्यसको तयारीका लागि परराष्ट्रमन्त्री राणा बेइजिङ जान लागेकी हुन् । मंगलबार परराष्ट्र मन्त्रालयमा सचिव लगायत विभिन्न कर्मचारीलाई बोलाएर परराष्ट्रमन्त्री राणाले भ्रमण तयारीका लागि छलफल गरेकी थिइन् ।
त्यसअघि मन्त्री राणाले सोमबार चिनियाँ राजदूत चेन सोङसँग मन्त्रालयमा छलफल गरेकी थिइन् ।