Advertisement Banner
Advertisement Banner

१३ शनिबार, असार २०८३20th June 2026, 4:50:23 am

उपनिर्वाचनमा कसको हैसियत कति ? देखिनेछ

२८ बुधबार , कार्तिक २०८१२ बर्ष अगाडि

उपनिर्वाचनमा कसको हैसियत कति ? देखिनेछ

मंसिर १६ मा ४४ पदका लागि उपनिर्वाचन हुँदैछ । यो निर्वाचनमा सत्ताधारी कांग्रेस, एमाले र प्रतिपक्षी माओवादी गठबन्धन नगर िलड्ने निर्णयमा पुगेका छन् । यो निर्वाचनमा राप्रपा, रास्वपाजस्ता साना पार्टीहरू पनि मैदानमा हुनेछन् । अलग अलग निर्वाचनमा जाने निर्णय भएकाले यो निर्वाचनले एमाले, कांग्रेस, माओवादी, रास्वपा, राप्रपा सबै नाम चलेका पार्टीको हैसियत उजागर हुने विश्वास गरिन्छ ।
माओवादी केन्द्रले हेटौंडाबाट वाइसिएललाई ब्यूँताएको छ । आफ्नो राजनीतिक हैसियत स्थापित गर्नकै लागि अध्यक्ष प्रचण्डले देश दौडाहमात्र गरेका छैनन्, भेडाहरूसँग हिड्दा आफू पनि भेडाजस्तै भएको प्रतिक्रिया दिएर माओवादी आक्रामक शैलीमार्फत आफ्नो राजनीतिक शक्ति पुनः जगाउने प्रयासमा लागेको देखिन्छ । हुन त प्रचण्ड ०६४ सालको जस्तो मिसन ०८४ मा बहुमत ल्याउने कुरा गरिरहेका छन् । उनको यो उद्देश्यलाई मंसिर १६ को उपनिर्वाचनले धेरै हदसम्म स्पष्ट पार्ने देखिन्छ ।
उता कांग्रेस र एमाले आफ्नो पार्टी पंक्तिलाई सकृय पारेर आफ्नो हैसियतमात्र होइन, शान्ति र स्थिरताका लागि यो गठबन्धन कति आवश्यक छ भन्ने समेत प्रष्ट पार्न र प्रतिपक्षी माओवादीलाई जवाफ दिन खोज्दैछन् ।
मंसिर १६ को ४४ पदको उपनिर्वाचन एकातिर र सडकमा थरिथरिका बिद्रोहले अराजकता बढ्दो छ ।