Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

धर्म र पापको परिभाषा कसरी बुझ्ने ?

२७ मंगलबार , कार्तिक २०८१एक महिना अगाडि

धर्म र पापको परिभाषा कसरी बुझ्ने ?

सुरेशकुमार पाण्डे -  -  -
संसारमा भएका लाखौँ जीव जन्तुहरूको बिचमा मानवलाई सबैभन्दा सचेत चेतनसिल प्रराणी भनेर भनिन्छ । किनभने अरू कुनै पशु पंक्षीहरूले जीव जन्तुहरूले मानिसको जस्तो यो दुनियाँलाई बुझ्न, बनाउन, बदल्न र व्याख्या गर्न सक्दैनन् । मानिस बाँदरको विकसित रूप भएपनि मानिसलाई जित्नसक्ने अहिलेसम्म कुनै प्राणी छैन् ।
त्यसो भए अब हाम्रो कर्तव्य के हो त ? सही मी सँग धर्ती छ, आकास छ र प्रकृतिले दिएको भौतिक बस्तुहरू पनि छन् । हाम्रा आँखाले देखेका बस्तुहरूलाई कसैले कल्पना मात्र भन्छ भने हाम्रो धारणा कस्तो हुनुपर्यो ? ढुङ्गालाई कसैले चन्द्रमा भन्यो भने होइन यो धर्तीको ढुङ्गा हो भनौ कि कसैले दिएको आदेश अनुसार ढुङ्गालाई चन्द्रमा नै भनौँ ? यही मानिस र पशु बिचको फरक हुनसक्छ ।
कसले त जीवन र जगतलाई भुलभुलैँया ठान्छन् कसैले अमूल्य ठान्छन् त कसैले मूल्यहिन ठान्दछन् ।मानिसको आ आफ्नै प्रकारको बुझाइ हो । जस्तै हिन्दु, सिख, इसाई, मूश्लिम जसले पनि धर्मको जुनसुकै रूपमा व्यख्या गरेता पनि । सबै धर्मको उदेश्य भनेको एउटै हो  । धर्मका ठेकेदारहरूले धर्मलाई आ– आफ्नै प्रकारले ब्यख्या गर्दछन् । त्यसैको परिणाम आज मानिसहरू असली धर्म कर्मबाट बिमुख भएका छन् ।
आध्यात्मिक गुरू सत्य साइबाबा भन्छन्– “सबै धर्म पर्ति सम्मान् गर र सबै प्राणीमा इश्वरिय तत्व छ भन्ने हेक्का राख । अथवा सबैमा प्राण हुन्छ, सबैलाई दुःख्छ । निस्वार्थ भाव राखि मन, बचन, र कर्मले निरतन्तर मानवीय सेवामा लागि रहनु, यो भन्दा ठुलो धर्म अरू कुनै छैन । अरूलाई अनहाकमा दुःख कष्ट दिनु अरू माथि दुर्वचन बोल्नु र दुव्र्यबहार गर्नु अनि अरूको कुभलो सोच्नु जस्तो ठुलो पाप अरू छैन । मनुस्मृतिमा पनि थर्मका बारेमा १० वÞटा लक्षणहरू बारे प्रष्ट पारेको छ । जस्तै (धृती, क्षमा, दमोस्तेय शौचमिन्द्रियनिग्रह धिर्विधा, सत्येमक्रोधो, दशकम, धर्म, लक्षणम् ।
अर्थात– धैर्य, बिद्या, सहनसिलता, क्षमा, इन्द्रिय निग्रह, अस्तेय वा चोरी नगर्नु, क्रोध नगर्नु, पबित्र रहनु, मनलाई दमन गर्नु वा आफ्नो मनलाई बसमा राख्नु, नियन्त्रणमा राख्नु, अहस्तक्षेप वा अरूको काममा हस्तक्षेप नगर्नु । यिनैलाई धर्मको आधारभूत लक्षणहरू बताइएको छ । मानिसहरूले ब्यख्या गर्दा आफ्नै स्वार्थ अनुकुल हुनेगरि ब्यख्या गरे र बुझाए । उदारणका लागि ‘कसैले गरेको काममा हस्तक्षेप नगर्नु’ । अब मानिसले भ्रष्टाचार, बलात्कार, हत्या गरेपनि हस्तक्षेप नगर्ने ? वा अन्याय गर्दा पनि अर्को जन्ममा सजाय मिल्छ भनेर चुपचाप सहने ? यस्तो बिचारलाई ठिकसँग बुझ्न बुझाउन नसक्दा मानिस भ्रममा पर्छन् । राम्रो काम गर्दा पो हीतक्षेप नगर्ने हो तर यहाँ त मनपरी गर्दा पनि चुप लाग्न सिकाइयो । यही बिचारलाई बुझ्नु र छुट्याउनु मानिसको कर्तव्य हो । अन्याय गर्ने मात्र दोषी होइन, अन्याय सहने पनि दोषी हुन्छ भनेर धर्मशास्त्रहरूले नै भनेका छन् ।
मानिसले भन्छन् आफै भित्र भगवान र सैतानको बास हुन्छ । यही कुरा भौतिकवादीहरूले पनि भन्छन् । धर्मशास्त्रले पनि त्यही भन्छन् । त्यसैले त मनलाई नियन्त्रण वा दमन गर्नु शास्त्रले बताएको छ । नराम्रो बिचारको उत्पती भयो भने त्यो बिचारलाई दमन् गर्ने वा नियन्त्रण गर्ने गरियो भने दुर्घटना टल्छ । त्यो आफुबाट पाप हुनबाट आफैलाई जोगाएको हो । भौतिकक्षवादीहरूले पनि त्यही भन्छ कुनै कामगर्दा परिणामको बारेमा सोंच । 
यसरी धर्म र पापको कुरा गर्दा स्वर्ग र नर्कको बारेमा पनि प्रशङ्ग उब्जिन्छ ।भनिन्छ धर्म गर्यो भने स्वर्गमा पुगिन्छ र पाप गर्यो भने नर्कमा पुगिन्छ । कसैलाई पनि स्वर्ग र नर्क कहाँ छ त्यसबारेमा थाहा छैन । किन भने जिउँदो मानिसले स्वर्ग नर्कको अनुभुती गर्न सक्दैनन् मरेपछि मात्र स्वर्ग वा नर्कमा गइन्छ भन्ने उनिहरूको बिश्वास छ । यदि मानव जीवनलाई यथार्थ धरातलबाट अध्यायन गर्ने हो भने स्वर्ग र नर्क भनेको कुनै अन्य लोक वा परलोक होइन बरू दुबै यही लोकमा भेटिन्छन् । छन् ।
कसरी भेटिन्छ त ? – रिस राग र गलत व्यवहार त्यागे र सही बाटो अगाल्नु भनेकै स्वर्ग जाने मार्ग हो र आक्रोश र घमण्डले चुर मानवीय विवेक गुमाउनु मनलाई नियन्त्रण गर्न नसक्नु भनेको नर्कको बाटो हो । मानिसहरू धर्म गर्न भनेर मठ मन्दिर जान्छन् । पूजाआजा पनि गर्छन् र दान दक्षिणा पनि चढाउँछन् तर त्यही मन्दिरको बाहिर बसेका असहाय दुःखीहरूलाई देखेर पनि नदेखेझैँ गर्छन्  । छि–छि दुरदुर गर्छन् । मन्दिरकै छेउमा थुप्रै व्यपारीहरूले दोकान थापेका हुन्छन् , त्यहाँबाट बजारको भन्दा महंगो दाममा फलफूल आदि किनेर चढाउँछन् । भगवानको ढोकामा बसेर मानिसलाई ठग्नेहरू भ्रष्टाचार गर्नेहरूलाई कुनै डर नै छैन् । के उनीहरूले भगवान समेतलाई ठगेका छैनन् त ? अनि ठगेका पाप गरेका जती सबै नर्कमा गएको भए त स्वर्ग त अचेल रित्तै हुन्थ्यो होला ! 
धर्मको अर्थ पूजापाठको पद्धति मात्र होइन त्यो त पंथ परम्परा हो । जसले जे सक्छ गर्छ, नसक्ने मन चढाउँछन् ।
कुनै अदृश्य ईश्वरलाई मान्दा पूजा गर्दा धार्मिक हुने र इश्वर नमान्दा र पूजा नगर्दा अधर्मी पापी हुने होइन ।  धर्म भनेको त मानवताबाद हो । सार्वभौमिकता हो । नैतिक अबधारणको सम्बन्धमा सनातन परम्परामा जीवनको लक्ष्य– निर्धारणबाट अरू स्पष्ट भएको देखिन्छ । सनातन धर्म कुनै निवृत्तिमार्गी
(सन्यासमार्गी) धर्म होइन । जीवनको विविधताहरू बीच एउटा संन्तुलनको खोज धर्म हो भनेर बुझ्नुपर्छ ।
हामीले देखेका र बुझेका भौतिक साधनहरू शास्त्रहरूमा अध्ययन गरेका भन्दा फरक देखिन्छन् । अब शास्त्र अनुसार पछि फर्किने वा वैज्ञानिक अनुसार बस्तुलाई चिन्ने ? आज हाम्रो काँधमा आएको गहन जिम्मेदारी यो नै हो ।
आपत परेको वेला निकास खोज्नुपर्छ पूजापाठ होइन बरू परिस्थितिको अध्ययनले हामीलाई मुक्तिको बाटो देखाउन सक्छ । मानिसले बाँच्नकै लागि कसैको सिकार नखाए पनि बाँच्छन । तर हाम्रो समाज प्राचीनकाल देखि सिकारी थियो भन्नेकुरा आज पनि वेला–वेलामा पुष्टी हुँदै आएको छ । जुनसुकै जातका मानिसहरूले कुलकुलानीको नाममा पशुको बली दिनु भनेको आ–आफ्ना पूर्वजहरूलाई खुशी पार्नु हो । देवाली गर्दा वा कुलकुलानीको पुजा गर्दा पनि पशुको बली दिइन्छ  ।
अब हामीले सोंच्नुपर्ने बिषय केहो भने ? यसलाई के भन्ने पाप की धर्म ?
अचेल हाम्रो समाजमा धेरैजसो मानिस पढेलेखेका शिक्षित बढी भेटिन्छन् । बुद्धीजिवीहरू, डाक्टरहरू वैज्ञानिकहरू हाम्रो समाजमा पनि थुप्रै छन् । राजनीतिज्ञहरूको कमी छैन । दिन रात ज्ञानका कुराहरू उपदेशहरू दिने व्यक्तीहरू हाम्रो समाजमा प्रसस्तै छन् । तर देवताको नाममा, कुलकुलानिको नाममा पशुको बली नदिनेहरू कताकति हुनसक्छन् । अब हाम्रो समाज कत्तिको धार्मिक छ होला ? बुझ्न गारो छैन् ।
आखिर धर्मको परिभाषा केहो त ? पूजापाठ मात्र गर्ने मन्द्रीरमा पुजा गरेर धुप बालेर घर फर्किएका महान धार्मिकले खसी पालेकै काट्नको लागि हो । बोका पालेको देवाली गर्नकै लागि हो । पहिले–पहिले परेवालाई बली दिन्थे, पञ्चवलीको चलन अदापि छँदैछ । आजकल परेवा उडाउने चलन पनि छ । कसैलाई मार्नु पाप हो भने बन्धन् मुक्त गर्नु धर्म हो ।
कुनै पनि पशु पंक्षीको हत्यागर्नु धर्म होइन बरू आफ्नो स्वार्थको लागि कसैको हत्या गर्नु पाप हुनुपर्ने । हाम्रो समाजले हामीलाई गलत शिक्षा दिंदै आएको छ । हाम्रा संततीहरूलाई हामीले जानि नजानी गलत पाठ सिकाउँदै आएका छौँ । हामी आआफ्ना छोराछोरीहरूलाई हिंश्रक बनाउँदै आएका छौँ । गर्भै देखि मांसाहारी सिकारी बनाउँदै आएका छौँ । अनि आफुलाई अब्बल दर्जाको धार्मिक ठान्छौँ । कुन आधारमा ? –पुजा लगाएको, लाखबत्ती बालेको वा सप्ताह लगाएको आधारमा ? कुनै मन्दीर बनाएको आधारमा ? आखिर धर्मको परिभाषा यही हो ? असहायको अपहेलना बुढाबुढी बा आमालाई वृद्धाश्रममा पठाएर पुजागर्यो भने सबै पाप कटिन्छ भन्ने मानसिकता विकास हुनथालेको छ ।
शिक्षण संस्था समेतमा सप्ताह लगाउने प्रचलन छ । यो व्यवहारले वैज्ञानिक पैदा गर्छ त देशले ? तर हाम्रो समाजले समय अनुसार ढिलो चाँडो बुझ्दै जाला । समयले बुझाउला ।
हाम्रै देशमा सतीप्रथा थियो हामीले त्यसलाई रोक्यौँ किन की त्यो घोर अपराध थियो । देउकी प्रथा पनि एकप्रकारको सामाजिक अपराध थियो । जसले देवताको नाममा एउटी छोरीलाई छोड्दिने प्रथा थियो । देउमाई जातिको घरमा जन्मिएको पहिलो छोरीलाई देवताको नाममा छाड्ने कुप्रथा गलत नै हो । यसरी हाम्रै समाजले पनि गलत प्रथा कुरितीहरूलाई छाड्दै आएको छ, समाजका कुरिति परिमार्जित गर्दै आएको छ । अब यो देवताको नाममा बलि चडाउने प्रथाको पनि बिस्तारै कुनैदिन अनत्य हुनुपर्छ ।
मानव समाजले अब धर्म र पापको परिभाषाको बारेमा अध्यायन गर्ने र हामिले गर्दै आएको धर्म भनेको कस्तो धर्म हो यस बारेमा बुझ्ने वेला आएको छ । एकातिर सारा जनताले शान्ति सुव्यवस्थाका नारा लगाउँछौँ तर आर्को तिर हिँशालाई आफ्नो धर्म ठान्दछौँ । समाजमा जातीय बिभेद पनि छ, बोक्सी प्रथा पनि अझै हटिसकेको छैन । छाउगोठ भत्काए पनि फेरी बन्छन् । जातीय लैङ्गीय बिभेद जीवित नै छ ।
पहिलेका धार्मिकहरू बनमा ध्यान बसेर अहेम रोग निवरण औषधीको खोज गर्दथे, पहिले जङ्गलमा चरेका गाईहरूको गोबरमा औषधी र मुत्रमा पनि औषधी हुनसक्थ्यो किन की उनिहरूले घाँससङ्ग त्यस्तै औषधीहरू पनि खाएका हुन्थे । अहिले पाल्तु जनावरले अन्न खान्छन् । मानिसको र पशुको गोबर एकैनास हुनथाल्यो । यो अबस्थामा गाईको गोबर र युरिनलाई शुद्ध ठान्नु समझ्दारी होइन । पहिले होमन गर्नेहरू त्यस्तै प्रकारका औषधीहरूको प्रयोग गर्थे र खरानी समेत धेरै प्रकारका रोगको औषधी हुन्थ्यो । आजकल ?
अहिले धेरैजसो लालाबाला बँधुवा भएका छन् । उनीहरूलाई अन्न खाएका हुन्छन् त्यसकारणले मल यूरिनबाट उपचारको कल्पना गर्नु ब्यर्थै हो । यदि प्रयोग गरेपनि वैज्ञानिक अनुसन्धान गरेर बल्ल हामीले प्रयोग गर्दा ठिक होला । यो चराचर जगत र मानब समाजको वैज्ञानिक अध्ययनबाट सही र गलतलाई छुट्याउन सक्छौँ । समय वैज्ञानिक बनेको छ ।
हाम्रो देशमा सामाजिक परम्परा अत्यन्तै रूढिबादी प्रकारको छ । स्वयम प्रशासन रूढिवादी कार्यक्रममा संलग्न हुन्छ । मन्दिरहरूमा राङ्गाहरू, बोकाहरू, सुँगुर र भेंडा आदिको बली स्वयम सरकारकै अगुवाईमा हुनेगर्दछ । त्यसलाई हामीले कुन रूपमा हेर्ने ? पाप की धर्म ? परम्परा धान्नुलाई धर्म ठान्ने कि परम्परा सुधार गर्ने ? देशका बौद्धिक पढेलेखेकाहरू वा पशु पंक्षिका संरक्षकहरू मानव अधिकारवादीहरू यसबारेमा आ–आफ्नो धारणा सार्वजनिक गरौँ । मैत्रिपूर्ण छलफल गरौँ र एउटा निस्कर्षमा पुगौँ । जीव विज्ञानिकहरू र सरोकारवालाहरू लेखक र पत्रकारहरू समाजका सचेत वर्गहरूको कर्तव्य पनि त्यही हो । धर्म र पापको परिभाषालाई आम सर्वसाधारणमा बुझाउने । आखिर पूजा पाठ गर्नुमात्र धर्म हो त ? जीवजन्तु पशु प्राणीप्रति हाम्रो जिम्मेवारी छ की छैन ?
मेरो बिचारमा कसैको बलि चढाएर धर्म हुँदैन । हरेक प्राणीले बाँच्न पाउनुपर्छ । प्राणीको बाँच्न पाउने अधिकार हुन्छ । यसकारण कसैको हत्या गर्नु पाप नै हो । मांङ्स खानुनै छ भने यसबारेमा बहस चल्नुपर्छ । समाजले गर्भै देखि मासु माछा खाँदै आएको छ । तर झुट बोलेर देवता कुल कुलानीहरू समेतलाई आफ्नो पापको भागिदार नबनाउँ । बली प्रथाले संसारभरिमै हाम्रो समाजको नराम्रो संदेश पुराउँदै आएको छ । यो बली प्रथाको अन्त्य आजको आबश्यकता हो कि होइन ?