Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

सयको नोटमा चुच्चे नक्सा

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

सयको नोटमा चुच्चे नक्सा

चुच्चे नक्सा छापिएको बुकलेट लुकाएको केपी ओली सरकारले यतिबेला चुच्चे नक्सासहितको सयको नोट छाप्ने निर्णय गरेर चीनको कम्पनीलाई छाप्ने जिम्मा दिएको छ । चीनको कम्पनीलाई नोट छाप्न दिएपछि भारत सगबगाएको छ । एक त प्रम ओलीलाई भारत भ्रमणको निम्तो नदिएको भारत, यो नोट छाप्ने प्रकरणपछि सम्बन्ध थप चिस्सिने खतरा बढेर गएको छ ।
राष्ट्र बैंकले बोलपत्र आह्वान गर्दा चीनको चाइना बैंक नोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पाेरेसनले सबैभन्दा कम बोलकबोल गरेकाले १०० रूपैयाँको नोट छाप्ने, आपूर्ति तथा डेलिभरि गर्ने जिम्मा चीनले पाएको हो । नेपाल राष्ट्र बैंकका अनुसार, हाललाई पहिलो चरणको काम सकिएको छ । चीनले चुच्चेनक्सासहितको नोट छाप्ने आदेश पाएपछि नेपाल भारत सम्बन्धमा थप खटपट आउने खतरा छ । विज्ञहरू भन्छन्– नेपालले हतारमा यसरी नोट छापेर चिढाउनु भन्दा पनि कूटनीतिक क्षमता र चातुर्यताका साथ नेपाल भारतवीचका संवेदनशीलतालाई संवोधन गर्नुपथ्र्यो । भारतले कालापानी, लिपुलेक, लिम्पियाधुरामा जतिसुकै अटेर गरे पनि नेपालले आफ्नो हकाधिकार जनाउने प्रयत्नमा कमी आउन दिनुहुन्न । जबदेखि भारतले चुच्चेनक्सामाथि कब्जा जमाएको छ, संसदमा समेत छलफल नहुनु लोकतन्त्रकै दुर्भाग्य हो ।