Advertisement Banner
Advertisement Banner

११ बिहिबार, पौष २०८१23rd July 2024, 10:09:55 am

रूसको ताकेता पछि ताकेता, नेपाल मौन

२० मंगलबार , कार्तिक २०८१२ महिना अगाडि

रूसको ताकेता पछि ताकेता, नेपाल मौन

रूसले नेपालसँग सहकार्यका लागि ताकेतापछि ताकेता गरिरहेको छ । १९ महिनाको अवधिमा तेस्रोपल्ट रूसले नेपाललाई सहकार्यका लागि आग्रह गरेको हो ।
२०२३ अप्रिल १९ देखि अप्रिल २३ सम्म राष्ट्रिंय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनालाई निम्त्याएर रूसको फेडेरेसन काउन्सिलकी अध्यक्ष, रूसको माथिल्लो सदन, भ्यालेन्टिना मातभियेन्को, रूसको तल्लो सदनका अध्यक्ष, राज्य डुमा, व्याचेस्लाव भोलोडिन र रूसका उपप्रधानमन्त्री दिमित्री चेर्निशेन्कोले १३ परियोजनामा नेपाललाई सहयोग गर्न चाहेको विषयमा विशेष छलफल गरेका थिए । यस सम्बन्धमा राष्ट्रिय सभाका अध्यक्षको कार्यालयले निकालेको विज्ञप्तिमा भनिएको थियो– रूसले काठमाडौँमा इस्ट–वेस्ट इलेक्ट्रिक रेलवे र नेपालको मुख्य पर्यटकीय गन्तव्य पोखरालाई नजिकैका पर्यटकीय स्थलहरूसँग जोड्ने पोखरा–रिडी सडक निर्माण, बाल क्यान्सर अस्पताल, छात्रबृत्ति र अन्य १३ विभिन्न परियोजनामा सहयोग गर्न सकिने प्रस्ताव नेपाल सरकारलाई पठाएको थियो । त्यसपछि २१ अगस्त २०२३ मा नेपाल सरकारसँग मेट्रो परियोजना मागेको थियो । नेपाल रूसवीच २००२ मा रोकिएको हवाई यातायात पुनः सञ्चालन गर्न पनि आग्रह गरेको थियो । रूसले पहाडी अवस्थामा उपयोगी रूसी हेलिकोप्टर डेलिभरिको इच्छा प्रकट गरेको थियो । तर रूसी आग्रहलाई नेपालले आजसम्म जवाफ दिएको छैन । 
यसपछि नेपालस्थित रूसी दूतावासले २०२३ मे ४ मा पून नेपाल सरकारलाई १३ परियोजना प्रस्तावबारे प्रतिकृया पठाउन आग्रह गरेका थियो । नेपालले कुनै प्रतिकृया नजनाएपछि रूसी दूतावासले पुनः नेपाल सरकारलाई रूसी सद्भावबारेमा जान्न चाहेको सन्देश दिएको छ । तर नेपालले अझै रूसी प्रस्तावबारेमा मुख खोलेको छैन । नेपाल कतिसम्म विश्वशक्तिको दबाबमा छ भन्ने कुराको संकेत नेपालको मौनता हो । भूराजनीतिको चक्रव्यूहबाट नेपाल निस्कने कि ननिस्कने ?