आगामी मंसिर १६ गते हुन लागिरहेकाे उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरिएकाे छ । उपनिर्वाचनका लागि न्याय परिषषद्ले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतहरुको सिफारिस गरेको हाे ।
मंसिर १६ गते हुने उपनिर्वाचनका लागि न्याय परिषदले ३१ जिल्लामा मुख्य निर्वाचन अधिकृत तोक्न निर्वाचन आयोगमा नाम सिफारिस गरेको बताइएकाे छ । जिल्ला अदालतका न्यायाधीशहरु मुख्य निर्वाचन अधिकृत तोकिएका हुन् ।
त्यसतै ६ वटा स्थानीय तहमा हुने उपनिर्वाचनका लागि पनि निर्वाचन अधिकृत खटाउन परिषदले सिफारिस गरेको छ । परिषदले नयाँ गठन भएको उपभोक्ता अदालतको न्यायाधीशमा जिल्ला अदालत काठमाडौंको न्यायाधीश रामप्रसाद शर्मा र सदस्यमा गेहेन्द्रराज रेग्मीलाई तोक्न पनि सिफारिस गरेको बताइएकाे छ ।