Advertisement Banner
Advertisement Banner

२१ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

सरकारबाट फर्कदैन माओवादी

०८ सोमबार , चैत्र २०७२१० बर्ष अगाडि

सुदूरपश्चिमतिर जाँदा राष्ट्रिय सरकारको कुरा गर्ने एमाओवादी अध्यक्ष प्रचण्ड राजधानी फर्कनेवित्तिकै यही ओली सरकारलाई राष्ट्रिय सरकारको स्वरुप दिनुपर्ने कुरा गर्छन्। प्रचण्ड के चाहन्छन्– उनको मनमै छ। शायद प्रचण्ड कांग्रेसलाई प्राभोक गरेर ओली सरकार खगार्न चाहन्छन् र आफै त्यो स्थानमा पुग्न खोजिरहेका छन्। प्रचण्डको च्याँखे बल्झेला कि नबल्झेला ओली चीनबाट नफर्केसम्म केही भन्न सकिने अवस्था छैन। सरकारले जनअपेक्षा संवोधन गर्न नसकेको आरोप लगाउँदै सुरु भएको एमाओवादी केन्द्रीय समितिको पूर्ण बैठकमा सरकारबाट फिर्ता हुनुपर्ने दबाब दिदै सदस्यहरुले मन्त्रीहरुको कार्यशैलीको तीब्र आलोचना गरिरहदा प्रचण्ड निर्णयमा पुग्न सकिरहेका छैनन्। सरकारमा एमाओवादीका ८ मन्त्री सामेल छन्, प्रभावकारी देखिएका छैनन्।

वर्षमान पुन, चन्द्रदेव खनाल, जनार्दश शर्मा, कृष्णबहादुर महरा, गोपाल किराँतीजस्ता प्रभावशाली नेताहरुले मन्त्रीहरुको कामरावहीबाट जनता र पार्टीपंक्ति रुष्ट बन्दै गएको आरोप लगाएर अध्यक्षमाथि निर्णय गर्न व्यापक दबाब सिर्जना गरिरहे। खासगरी मन्त्रीहरुले आफन्त पोसेको, भ्रष्टाचारमा लिप्त भएको आरोप लगाइरहे। एमाओवादीभित्र गजबको आरोप सुनियो– राज्यसंयन्त्र नै कालोबजारियासँग मिलोमतो गर्न अग्रसर भयो। शान्ति व्यवस्था खलबलियो। स्मरणीय छ, गृह र आपूर्ति एमाओवादी मन्त्रीले सम्हालेका छन्।