रोशन कार्की-
प्रधानमन्त्री केपी ओली चीन भ्रमणमा छन्। ओलीले समदूरी, पञ्चशील र समानताको सम्बन्ध स्थापित गर्दै नेपाललाई आवश्यक सन्धि सम्झौता गरेर फर्कनसके भने त्यो उनको जीवनकै र एमाले पार्टीको समेत उपलव्धि हुनेछ। ओली, उनकै शव्दमामुनाफाको जीवन बााचिरहेका छन् र कमाएर थुपार्नका लागि सन्तानसमेत छैन भने उसका लागि देश र जनता ईश्वर बराबर हुनुपर्छ। तर, केपी ओली त्यस्ता नेता हुन्, जसले राज्यसंयन्त्रलाई राजनीतिक भागबण्डा र माफियातन्त्रको हिल्ला लगाइदिए। यही कारणले राज्य छ, शासन छैन। राजनीति छ, कमाण्ड छैन। नेता छन्, नेतृत्वदायी भूमिका छैन। ओली छन्, ओलीका गोलीजस्ता भाषण पनि छन् तर सुशासन ठ्याम्मै छैन, माफियाकरण छ।
जनता महाभूकम्पको बिपत, त्यसमाथि भारतीय नाकावन्दीको हाहाकार, आज पनि देश र जनताको नियति त्यही हाहाकारको अन्धकार बनिरहेको छ। सत्ताको शिखरमा छन् केपी ओली, सत्तामा नियन्त्रण होला, शासनमा ओलीको केही चल्दैन। जे चल्छ, माफिया, तस्कर, कालाबजारिया, मुनाफाखोरको हैकम चलिरहेको छ। राज्य नै कालाबजारियाको पक्षमा उभिएपछि बिचरा आमनागरिक महगी र हाहाकारमा भुटभुटिनुको बिकल्प नहुादो रहेछ। लोकतान्त्रिक नेपालमा यही नहुनुपर्ने भइरहेको छ। राज्यसत्ता नै कालोबजारीमा मग्न देखिन्छ।
प्रधानमन्त्री केपी ओली आफूलाई राष्ट्रवादी हुा भन्छन्। यिनले गतमहिना ६ दिने भारत भ्रमण गरेर फर्किए। भारतले यति तातोन्यानो आतिथ्यमा यिनलाई घुमाइदियो कि ओली झापापारिका हुन् कि वारिका, सम्झनै सकेनन्। त्यतिबेला ओलीले नेपालको लिपुलेकबाट भारत र चीनले व्यापार सम्झौता गरेको विषय उठाउनै भुले। ओलीको दिल्ली भ्रमण भनेको रक्सौल नाका खुल्योरे भन्नेबाहेक केही पनि भएन। नाका खुलेर के गर्नु? कालोबजारीमा नियन्त्रण हुनसकेन।
ओली चटके हुन् कि के हो? ओलीका झोले मिबहरु ओलीले चीनलाई आश्चर्यचकित पार्नेछन् भनेर झ्याई झ्याई पारिरहेका छन्। नेपालका प्रधानमन्त्री जो मगन्ते स्वभावका छन् र स्वाधीनताको मुद्दासमेत उठाउन बिर्सिन्छन्, तिनले चीनलाई के आश्चर्यचकित पार्ने? किन नबुझेको चीन रत्नपार्क होइन। राजनीतिक चेत छ भने ओलीले लिपुलेक, लिम्पियाधुराको नेपाली सार्वभौमिकताको रक्षा गरेर फर्कनुसक्नुपर्छ। चीन र भारतवीचको लिपुलेक व्यापार सम्झौतामा नेपाललाई सामेल गराउने कूटनीतिक क्षमता प्रदर्शन गर्नुपर्छ। नेपालका लागि भारत र चीनवीच समदूरी, सामिप्यताको सम्बन्ध स्थापित गरेर फर्कन सके भने ओलीले तातोपानी नाका पुनः खोल्न सक्नेछन्, हुम्ला, मुस्ताङ, ताप्जेजुङ,लगायतका ७ नाका पनि खोल्न उनलाई सफलता प्राप्त हुनेछ। अहिले खुलेको र चीनले प्राथमिकता दिएको केरुङ नाका पनि सहज हुादैजानेछ। नेपाल र चीनवीच १९५५ मा दौत्यसम्बन्ध कायम भएपछि आजसम्म त्यति ठूलो समस्या केही देखापरेको छैन। त्यो सुसम्बन्धलाई मजबुत पार्ने बेला यही हो। चीनमा पनि चुके भने ओलीको जीवनको यो सबैभन्दा क्रुर गल्ती हुनेछ।


