Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

सरकारको सय दिनको प्रगति सार्वजनिक गरिदै

०७ बुधबार , कार्तिक २०८१२ महिना अगाडि

सरकारको सय दिनको प्रगति सार्वजनिक गरिदै

गत असार ३० गते प्रधानमन्त्री नियुक्त भएका प्रधानमन्त्री केपी शर्मा ओली सरकारको १०० दिन पुरा भएको छ । प्रधानमन्त्री नियुक्त भएको १०० दिन पुरा भएकाले धानमन्त्रीले मन्त्रीहरूले बुझाएका प्रगति विवरणलाई समेटेर १०० दिनको प्रगतिबारे जानकारी गराउने भएका छन् ।  

सरकारको १०० दिनको प्रगति आज दिउँसो सिंहदरबारमा सार्वजनिक गर्न लागिएको हो । कांग्रेस-एमाले गठबन्धनको सरकारमा लोसपा, जसपा र नाउपा सहभागी छन् भने प्रधानमन्त्री ओलीले चौथो कार्यकालमा सरकारको प्राथमिकता आर्थिक सुधार, पूर्वाधार विकास र सेवाप्रवाहमा सुधार भएको बताउँदै आएका छन् ।  

यता प्रतिपक्षीदल र सर्वसाधारणले सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन् । असोज १२ गतेको प्राकृतिक विपतमा सरकारको भूमिका पर्याप्त नभएको, विपत व्यवस्थापन, महँगी नियन्त्रण, भ्रष्टाचार नियन्त्रणजस्ता विषयमा सरकारको काम प्रभावकारी नभएको भन्दै आलोचना हुँदै आएको छ ।

त्यसैगरी, सरकारका तर्फबाट विपत प्रभावित क्षेत्रमा राहत, उद्धार, र पुनर्स्थापना कार्य जारी रहेको र आगामी दिनमा सुधारका थप योजनाहरू प्रस्तुत गरिने योजना रहेको बताईएको छ ।