Advertisement Banner
Advertisement Banner

१९ शुक्रबार, पौष २०८१23rd July 2024, 10:09:55 am

एमालेले तीन नेतालाइ साेध्याे स्पष्टीकरण

०७ बुधबार , कार्तिक २०८१२ महिना अगाडि

एमालेले तीन नेतालाइ साेध्याे स्पष्टीकरण

पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयविपरीत बोल्ने नेताहरूलाई नेकपा एमालेले स्पष्टीकरण सोधेको छ । एमालेले ७ दिन म्याद दिएर पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिम्सेनालाई स्पष्टीकरण सोधेको हाे ।  

पार्टीका तीन नेताहरूले नेकपा एमालेले पार्टी केन्द्रीय भवन दानमा स्विकार्ने निर्णयकाे विरूद्ध बाेलेकाले स्पष्टीकरण सोधेको बताइएकाे छ । एमालेले ७ दिन म्याद दिएर उनिहरूलाई स्पष्टीकरण सोधेको हो ।

उनिहरू विरूद्ध यसअघि बसेको सचिवालय बैठकको निर्णयबमोजिम पार्टी विधानको धारा ८१ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको र साेहि बमाेजिम स्पष्टीकरण सोध्ने निर्णय गरेको हाे । विधानको उक्त धारामा पार्टी निर्णय विपरित कार्य गर्नेहरुलाई निलम्बन, जिम्मेवारीबाट हटाउने र निष्कासनसम्मको कारबाही गर्न सकिने व्यवस्था रहेकाे छ ।