Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

कात्तिक १० गते माओवादीको जनप्रदर्शन

०६ मंगलबार , कार्तिक २०८११२ घण्टा अगाडि

कात्तिक १० गते माओवादीको जनप्रदर्शन

प्रमुख प्रतिपक्षीदल नेकपा (माओवादी केन्द्र)ले कात्तिक १० गते काठमाडौंमा जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको छ । केपी वली सरकारको गलत कमदको बिरोध र गर्नुपर्ने कामका लागि ध्यानाकर्षण गराउन जनप्रदर्शन र खबरदारी सभा गर्ने भएको हो ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी कार्यालय पेरिसडाँडामा आयोजित पार्टीको बागमती र विशेष प्रदेश समन्वय समिति तथा जनवर्गीय संगठनका इञ्चार्ज तथा अध्यक्षहरुको संयुक्त बैठकलाई सम्बोधन गर्दै पार्टी केन्द्रीय कार्यालयको बैठकले खबरदारी सभा गर्ने निर्णय गरेको बताईएको छ ।

अध्यक्ष प्रचण्डले उक्त खबरदारीसभाको तयारीमा जुट्न सबै कमिटीहरुलाई निर्देशन समेत दिएका छन् । त्यसैगरी माओवादी केन्द्रले विपत् व्यवस्थापनमा देखिएको सरकारको असंवेदनशीलता, गैरजिम्मेवारीपन र योजनाविहिनताको बिरोध गरेको छ ।

सरकारको  गैरजिम्मेवारीपनका कारण बेपत्ताहरुको खोजी, राहत वितरण, घाइतेहरुको उपचार, अस्थायी आवास निर्माण लगायत पुनर्निर्माण र पुनर्स्थापनाको क्षेत्रमा देखिएका समस्या समाधान गर्न, आफ्नो पार्टी नेतृत्वको सरकारले सुरु गरेको सुशासनको अभियानलाई कमजोर बनाउन भइरहेका षड्यन्त्र र भ्रष्टाचारजन्य गतिविधिलाई निष्तेज पार्न जनप्रदर्शन र खबरदारीसभा गर्ने जनाएको छ।