Advertisement Banner
Advertisement Banner

२८ बुधबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

Image

रित्तियो गाउँठाउँ

बैकुण्ठ भण्डारी

०६ मंगलबार , कार्तिक २०८१२२ दिन अगाडि

रित्तियो गाउँठाउँ

बिदेश जानेको लर्को देखेर आत्तिने अवस्था छ । जो गाउँठाउँमा थिए, ती सहर पसेका थिए, दशैंमा घर घर गए । दशैं सकिएर फेरि सहर पस्न थालेपछि रित्तियो गाउँठाउँ । गाउँमा बुढाबुढी र बालबालिकामात्र छन् । उराठ भयो गाउँठाउँ ।
बुढाबुढी केटाकेटीको रूवाबासी छ । कसैका आँखा ओभानो छैन । यो वर्ष खै के भयो के । काईला बाले च्यापुमा  हात राखे आँगनको डिलबाट तल फेदी तिर हेर्दै भन्नु भएको थियो । आँगनमुनिको बाटो भएर पोहोर साल धेरैले काईला बा सञ्चै भन्दै हिँडेका पनि थिए । तर यस वर्ष काईला बा लाई सञ्चो विसञ्चो सोध्ने पनि कोही भएनन् । 
दशैंको मुखैमा लेँकतिरका धेरै घर पहिरो लग्यो । गाउँ नै सिनित्तै पार्ला जस्तो गरी गड्याङ गुडुङ गर्दै पहरा खसेका थिए । आँखै अगाडि जीवनभरको कमाईले बनाएका घर पहिराले खायो । गाउँमा पहिरो मात्र गएन बेसीतिर त पत्याउँदै नपत्याईसक्नु बाढीले बगर बनाईदियो । कोशी होस् की रोशी पानीको भेलले केही भनेन । काईला बाले जीवनभर यस्तो विपत्ति देख्नु परेको थिएन । ठूलाठूला भूकम्पले छिद्र समेत नपरेका घरहरू ग¥ल्याम गु¥र्लुम ढले । उत्तिपरका खोला घरभित्रै पसे । खोला घरभित्र मात्र पसेको हो र घरको आधा भाग तु पुरै बालुवा र पाङ्गोले पुरिए । कति त घरभित्र बालुवा मुनि परे । अनि कसको आँखा ओभानो होस् त ? 
दशैंमा रोटे पिङ बनाउने गरेको घट्टेखोलाको फुटवल चौर खोलाले बगाएर ल्याएको ढुङ्गै ढुङ्गाले छोपेको छ । अव त त्यसलाई के चौर भन्नु र ? ढुङ्गाको बगर बन्यो भन्दा पनि हुन्छ । टारमा रहेको त्यो बजार पनि बगरमा परिणत भयो । हिम्मत हार्न हुन्न भन्ने काईलाका आँखा रसाईरहेका थिए । ‘उमेर डाँडा काटिसक्यो, भरे हो की भोली केही थाहा छैन । गाँउको जस्तो भर अन्त कतैको पनि लाग्दैनथ्यो तर अहिले यही गाउँ नै विरानो जस्तो भयो ।’ काईलाले आँशु चुहए ।
बिरानो भयो, किन नहुनु गाउँमा को छ र अव ? बालकदेखि नै खेल्दै, मेलापात गर्दै, सुख दुखमा ठट्टा गदैै हिड्ने भिमकान्तेलाई पनि त्यही बाढीले लग्यो । अव त गाउँमा म एक्लो भएको छु नि । तिमीहरू शहर भासियौ । शहर गएकाहरू समुद्रपारी भाँसिए । गाउँमा त्यत्रा घर थिए । विस्तारै विस्तारै बसाँई सर्दै जाँदा यही बाटामुनिको भिमकान्ते र बाटामाथिको यही घर बाहेक सवै रित्ता भईसके । त्यो पनि अव प्रकृतिले नै उजाड नै बनाईदियो । अव त यो गाउँमा मै एक्लो देखिए !
‘त्यसो होइन काईला बा’ कसरी तपाई एक्लो हो र ? हामी छौं । तपाईका पनि त छोराछोरी गाउँमा नभएपनि अष्टे«लिया अमेरिकामा छन् । तपाई एक्लो हुनु हुन्न । 
‘भन्ने त सवैले त्यस्तै हो बाबु । यही दशैले दशा देखाईदियो नि । को फर्केर आयो र गाउँमा अहिले ? आएका पनि फर्किए । जसलाई प¥यो प¥यो । सुखमा मात्र हो सवैले सुन्ने । दुखमा कसैले पनि सुन्दैनन् ।’ काईला बाले दिक्दारी पोखे ।
मैले पनि मुस्कुराउँदै काईला बा को मन हलुका पार्ने प्रयास गर्दै थिए । त्यस्तो हैन काईला बा, तपाईलाई लागेको मात्र त्यस्तो हो ? ‘अचानोको पीर कुखुरीलाई के थाहा र बाबु’ काईलाबाले फ्याटै भनिहाल्नु भो । म अक्क न वक्क परे । 
‘लु तँ आफै भन त गाउँका ६० नाघेका कति जना छन् ? कोही नाती स्याहार्न गाका छन् कोही छोराछोरीको टोपी लगाउने रे भनेर गएका छन् । फर्केर आउने कोही छैन । दुख सुख गाउँमै खनजोत गरेर गुजारा गर्नेहरूलाई बाढी पहिरोले लगि हाल्यो । म बुढोको पनि त कुरा त्यही त हो । बुढा धोक्रो काँधै माथि’ । 
काईलाबाले वास्तविकता नै बोलिरहनु भएको थियो । तर पनि म उहाँलाई मनाउने प्रयास गरिरहँे । ‘खेतीले खान नपुगेपछि, शिक्षा स्वास्थ्यका लागि घरदेशले नभए हो नि त काईलाबा विदेश जानु परेको ? आफ्नै ठाउँमा बसेर पुगेको भए कसलाई जान रहर हुन्थ्यो होला र ? मैले थपे । फेरि काइलाले भने–
‘ऊ बेला वल्लो गाउँ पल्लो गाउँ अरूैचो पैचो गरेर पनि चलेकै थियो । अप्ठेरो पर्दा गुहार माग्न पाईन्थ्यो । चाडपर्व मेलापात सवैले सहयोग गर्थे । अहिले खै विष्ट गाउँ रित्तै, डाँडा घरे रित्तै ।’काईला बाले भक्कानो फुटाउँदै भन्नु भयो । 
मेरो मुख भित्रै सास अड्केला जस्तो भयो ।  दशैंको बेलामा चाड मान्न पुगेको म । काईला बाले गाउँ रित्तिएको व्यथा सुनाईदिनु भयो ।
‘गाउँ रित्याउने त तिनै नेताहरू त हुन् । गाउँमा आफना नागरिकहरूलाई अड्याउन नसक्ने भष्मासुरहरू कै कारण आज गाउँ रित्तिएको छ । अप्ठेरो पर्दा साथ र सहयोग गर्ने मान्छे समेत छैन’, काईलाले अलि आक्रोशित हुँदै भन्नु भयो । 
थाहा छ तँलाई ? जव बहुदल र भष्मासुर नेताहरूले देश चलाउन शुरू गरे । जनता भन्दा नेता धेरै भए । गाउँमा भएका सव युवाहरूलाई धन, सुख र सुविधाको लोभ देखाएर मुग्लान खेदे । अनि गाउँ रित्तिदै भयो । बुझिस् ? 
काईला बाले भनेको कुरामा वास्तविकता थियो । हैन कसरी भन्न सक्थे र मैले । 
हेर बाबु गाउँ रित्तो भयो । बोल्ने समेत कोही छैन । मरेपछि लाश उठाउने कोही भेटिदैन । त्यस्सै कुहिने डर भयो । ०४६ ल्याको बहुदलले पनि काम गरेन । ०५२ पछिको द्धन्द्धको घाउ अनि अहिलेको संघीयता र गणतन्त्रले खै मेरो सारा गाउँ रित्तो भयो ? अव यो गाउँ पुस्तौं पुस्तासम्म भरिने छैन । काईलाबा पारी सेता बाराहीको मन्दिरतिर टोलाउँदै आँशु खसालीरहनु भयो  । म मौन बसेर टोलाईरहँे । रित्ता रित्तो भएको जंगल वन्दै गरेको गाउँ हेरेर । गाउँठाउँ रित्तियो, अब देशको के होला ?