Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

राप्रपाले कर्णाली यात्रा गर्ने

०४ आइतबार , कार्तिक २०८१२ दिन अगाडि

राप्रपाले कर्णाली यात्रा गर्ने

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले कर्णाली यात्रा गर्ने भएको छ । कर्णालीका कुरा सुन्न र आफ्ना कुरा भन्न यही मंगलबारदेखि यात्रा थालिने पार्टीले जानकारी दिएको हो । पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनसहित उपाध्यक्ष रविन्द्र मिश्र, प्रवक्ता ज्ञानेन्द्र शाही यात्रामा सहभागी हुने जनाइएको छ ।

त्यस्तै, पार्टीका केन्द्रीय, प्रादेशिक तहका नेता तथा संघ र प्रदेशका आधा दर्जन सांसदसहित विभिन्न तहका ठुलो पंक्ति यात्रामा खटिने पार्टीका प्रवक्ता एंव प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले बताए ।

उनका अनुसार मंगलबार सल्यानको सल्लिबजारबाट यात्राको शुरुवात गरिने छ । त्यसपछि बुधबार सुर्खेतको बाबियाचौर, बिहिबार दैलेखको दुल्लु, शुक्रबार कालिकोटको मान्म, शनिबार जुम्लाको गोठिजिउला र कात्तिक ११ गते आइतबार मुगुको गमगढीमा खटिने पार्टीको कार्यतालिका छ ।

पार्टीले यात्रामा साथ, सहयोग र संलग्न हुन आह्वान गर्दै राप्रपाको सदस्यता लिन इच्छुकलाई पनि तोकिएको स्थानमा उपस्थित हुन आग्रह गरेको छ ।