Advertisement Banner
Advertisement Banner

०२ शुक्रबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

एमालेलाई दशैंको दक्षिणा

३० बुधबार , आश्विन २०८१२ दिन अगाडि

एमालेलाई दशैंको दक्षिणा

प्रम तथा एमाले अध्यक्ष केपी ओलीले बिबादित ब्यापारी मीनबहादुर गुरुङ र साबित्री गुरुङसँग कीर्तिपुर नगरपालिका–२ मैत्रीनगरस्थित १० रोपनी १४ आना जग्गा र सो जग्गामा एमाले पार्टी अफिस बनाइदिने दक्षिणा लिएका छन् । भवन निर्माणको संयुक्त रुपमा शिलान्यास पनि गरेका छन् । अब एमाले पार्टी कार्यालय मीन भवनबाट चल्ने पक्का भएको छ ।
एउटा बिबादित ब्यापारीबाट अर्वौंको सम्पत्ति स्थापित पार्टीले लिनु हुन्छ कि हुन्न ? राजनीतिमा नैतिकता र सिद्धान्त चाहिन्छ कि चाहिन्न ? भन्ने बहस देशव्यापी चलेको छ । बाढी पहिरोले आमनागरिक घरबार बिहीन भइरहदा जनताको दुःखसुखमा साथै उभिनुपर्ने पार्टीले आफ्नो पार्टी भवन बनाउन अदालतले भ्रष्टाचारी ठहर गरिसकेको ब्यापारीका साथमा उभिनु भनेको लोकतन्त्र अपराधिकरण भएको बलियो प्रमाण बनेको छ । हुन त एमाले पार्टीभित्रै २८ लाख मतदाताको अपमान गरेको भनेर नेतृत्वको आलोचना भइरहेको छ । यस्ता आलोचनाले अध्यक्ष ओलीलाई केही फरक पर्नेवाला छैन । जो बढी कुरा गर्ने छ, उसले दण्ड पाउने नजीर जो ओलीले स्थापित गरेका छन् ।
यति ठूला दान ब्यापारीले किन दिए, प्रम तथा पार्टी अध्यक्ष ओलीले किन लिए, ब्यापारीले कुन लालच र लोभमा फसेर यो दक्षिण दिए ? त्यसको बिस्तारै रहस्य खुल्दै जाला । ५ लाख क्याडर भएको एमालेले क्याडरसँगै चन्दा उठाएको भए पनि पार्टी घर बन्ने थियो तर एमालेले अपराधी ब्यापारीकै चन्दा स्वीकार गरेर राजनीतिलाई अपराधिकरण र पैसाबादमा रुपान्तरण गरेको आरोप पनि लागेको छ ।
यो घटनापछि नेपालमा बिधिका शासन होइन, माफियाको शासन छ भन्ने प्रष्ट भएको छ । राजस्व छली, नक्कली भ्याट, ललिता निवासको जग्गा प्रकरणमा डामिएका मीन बहादुर अब राजनीतिका उच्चसम्मान आसिन हुनपुगेका छन् ।