Advertisement Banner
Advertisement Banner

१४ आइतबार, असार २०८३20th June 2026, 4:50:23 am

मुस्ताङमा ९ महिनामा एक लाख पर्यटक

२८ सोमबार , आश्विन २०८१२ बर्ष अगाडि

मुस्ताङमा  ९ महिनामा एक लाख पर्यटक

मुस्ताङ पर्यटकका लागि पोखरा, सगरमाथा बेस क्याम्प, सौराह अथवा अन्य कुनै पनि स्थानभन्दा बढी आकर्षणको केन्द्र बनेको छ । ९ महिनामा एकलाखभन्दा बढी पर्यटकले मुस्ताङ, अपर मुस्ताङ घुमेका छन् । मुस्ताङ् नै पर्यटकको रोजाइमा किन प¥यो ? नेपालका लागि यो अहंक प्रश्न हो ।
नेपालका कुनै पनि क्षेत्र प्राकृतिक सौन्दर्यले भरिपूर्ण छ । जता पनि चित्ताकर्षक दृश्यहरु छन् । तर मुस्ताङमा पर्यटकको भीड जहिले पनि लाग्छ ।
नेपालमा रहेका कूटनीतिक नियोगहरु हुन् कि त्यहाँ काम गर्ने कूटनीतिज्ञहरु हुन्, अथवा ती देशबाट विभिन्न कामविशेषले नेपाल आउने राजनीतिक, कूटनीतिक कर्मचारी अथवा सम्बन्धित ब्यक्ति हुन्, तिनीहरु सबैभन्दा पहिले मुस्ताङ् नै पुग्ने गरेका छन् ।
८ हजार ४ सय मिटरको उचाइमा थोराङ–ला पास हुँदै पर्यटकहरु मस्ताङ, अपरमुस्ताङ प्रवेश गर्ने गरेका छन् । सुरक्षा निकाय, आमनागरिकहरुलाई पर्यटकको स्वागत र सुरक्षा गर्नमै भ्याइनभ्याइ हुनेगरेका छन् । खासगरी महत्वपूर्ण ब्यक्तिहरु आउने भएकाले पनि सुरक्षा कडिकडाउ हुनेगरेको छ ।
एक त मुक्तीनाथ मन्दिर, कागबेनी, कोराला सीमा पारगमन, लोमान्थाङ, सिञ्जा जोङ गुफा, जोम्सोम, धुम्बा ताल, थिनी, मार्फा र लेटमा पर्यटकहरूको चासो रहने गरेको छ ।
मुस्ताङ नेपाल चीन सीमा जोडिएकाले पनि संवेदनशील इलाका मानिन्छ । चीनको सुरक्षा चासोका कारणले पनि नेपाल चीन सम्बन्धमा मुस्ताङ् क्षेत्रले तरङ्ग ल्याउने गरेको छ ।
मुस्ताङ ट्रान्स–हिमालयन जिल्ला भएकाले पनि चीनलाई चासोमा राख्ने मुलुकका दृष्टिमा महत्वपूर्ण क्षेत्र मानिएको छ ।