Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

ऋणलाई अनुदान प्रस्तावमा चीन मौन

२७ आइतबार , आश्विन २०८१९ दिन अगाडि

ऋणलाई अनुदान प्रस्तावमा चीन मौन

नेपालले चीनको एक्जिम बैंंकबाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिएको ऋणलाई अनुदानमा परिणत गरिदिन चीनलाई गरेको आग्रहबारे चीन मौन छ । चीनको रेकर्डमा पुगिसकेको नेपालको यो प्रस्तावबारे जबसम्म नेपालले बीआरआई कार्यान्वयनमा लाने निर्णय गर्नेछैन, अनुदानमा बदलिन सक्दैन भन्छन् चीनविज्ञहरु ।
नेपालले चीनलाई अनुदानमा रुपान्तरण गर्न आग्रह गरेपछि न्यूयोर्क टाइम्सले यो सूचनालाई अन्तर्राष्ट्रियकरण गरिदिएको थियो । चिनियाँ राजदूत चेन सङले गरेका ट्वीट बिबादमा पनि आए, यो मामिला झन गर्मायो । नेपालले टिकटकमाथि लगाएको प्रतिबन्ध फुकुवा गरिसकेको छ । एकै समयमा यी दुबै घटना घटेकाले नेपालले चीनलाई खुशी पार्दै अघि बढ्ने नीति लिएको देखिन्छ ।
बीआरआई योजनामा अनुदानको प्रावधान छैन । तर नेपालको अस्थिरता र आर्थिक दुरावस्ताबारे चीनलाई सोच्न बाध्य पार्ने खबर हुन् यी । चीनले सहयोग गरेको हो, नेपालले एयरपोर्ट चलाउन नसक्दा ऋण तिर्न नसक्ने अवस्थामा पुग्यो, चीनमाथि डेब्ट ट्य्राप खडा गरेको आरोप लागेको छ ।
चीन सचेत छ, नेपालको ऋण अनुदान भनिदिंदा अन्य देशले पनि यस्तै माग अघि सारे के गर्ने भन्ने सोच चीनको हुनसक्छ ।