Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

म्याग्दीमा कटुवाल प्रथा

२७ आइतबार , आश्विन २०८१३ दिन अगाडि

म्याग्दीमा कटुवाल प्रथा

म्याग्दीमा कटुवाल प्रथा
म्याग्दीमा कटुवालप्रथा चलेकै छ । बेनी घतानका ६० वर्षका दिलबहादुर दमाई र ज्यामरुककोटका ७१ वर्षका भीमबहादुर बिक अहिले पनि अग्ला डाँडाबाट कर्नाल फुकेर गाउँलेलाई सूचना दिने कटुवाल काम गरिरहेकै छ ।
गाउँमा विशेष कार्यक्रम, भेला छलफल अथवा सफाइको काममा झारा प्रथाका लागि होस्, गाउँले कटुवालबाट थाहा पाउने गर्छन् । गाउँमा, हातहातमा सञ्चार साधन छ तर परम्परा कटुवालबाट नै धानिएको छ । प्रत्येक शनिवार सरसफाइको लागि कर्नाल फुक्नु कटुवालको नियमितता हो । साथै विशेष कार्यक्रमको लागि पनि कर्नाल फुक्न डाँडामा जानेगर्छन् कटुवालद्वय ।
म्याग्दीका ६ स्थानीय तहमै कटुवाल प्रथा कायमै छ । किन आधुनिकतातिर ध्यान नगएको हो ? यसबारेमा बुढापाका भन्छन्– परम्परा मास्नु हुँदैन । कटुवालको सेवा सुविधा भने सामान्य छ । बालिघरेजस्तै उनीहरुले वर्षको ज्याला प्रतिघर २ पाथी अन्न पाउँछन् । कटुवाले कामले जीवन धान्न धौ धौ छ भन्छन् कटुवालहरु ।
चाडबाटका बेला मदिरा नपिउनु भन्नु, सामाजिक सुरक्षा भत्ता बुझ्न जानु, सरसफाइका लागि र पूजाआजामा वडाघर आउनु भनेर कर्नाल फुक्नु र चिच्याउने काम निकै गाह्रो काम ह
परिवर्तन भयो, कहाँ भयो परिवर्तन ?