Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

अझै चर्चा छ पूर्वराजा भुटान किन गए ?

२३ बुधबार , आश्विन २०८१७ दिन अगाडि

अझै चर्चा छ
पूर्वराजा भुटान किन गए ?

४ दिने भुटान भ्रमण सकेर पूर्वराजा स्वदेश फर्किसकेका छन् । तर सरकार र राजनीतिक बृत्तमा एउटै चर्चा छ, भुटानले किन पूर्वराजालाई निम्त्यायो । राष्ट्रप्रमुखकै हैसियतमा स्वागत ग¥यो । भारतको इसाराबिना यो समभव नै छैन ।
तर प्रश्न के छ भने न त सरकार र पार्टीहरुले भुटान अथवा भारतसँग सोध्न सक्ने हैसियत राख्छन्, न त पूर्वराजालाई नै । अर्थपूर्ण भ्रमण भनेर सबैतिर अनेक प्रकारका संशय बाक्लिदै गएको छ ।
छोरी प्ररणा, भतिजी सिताष्मासहित पूर्वराजा भुटान गएका थिए । भुटानी नरेश जिग्मे केसर नाम्ग्याल, रानी जेत्सुन पेमा, पूर्व राजारानी र शाही नातेदारहरुले पूर्वराजालाई हार्दिक स्वागत सत्कार र बिदाइ गरेका थिए ।
स्वदेश फर्कनुअघि पूर्वराजाले थिम्पुस्थित शक्तिपीठ पाञ्चायन मन्दिरमा पूजाअर्चना गरेका थिए । त्यसअघि भारतको दार्जिलिङस्थित सेन्ट जोसेफ स्कूल, नर्थ पोइन्टका पूर्व विद्यार्थीहरुले थिम्पुमा आयोजना गरेको पुनर्मिलन कार्यक्रममा पूर्वराजा सहभागी भएर संवोधन समेत गरेका थिए ।
त्यसपछि रात्रिभोज दिइएको थियो, रात्रिभोजका क्रममा रेसम फिरिरी... भन्ने सांस्कृति कार्यक्रम पनि देखाइएको थियो । यो भ्रमण कति अर्थपूर्ण हो ? बिस्तारै नतिजा देखिदैजाला ।