Advertisement Banner
Advertisement Banner

०४ आइतबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

उपनिर्वाचनका लागि रास्वपासहित २५ वटा दल दर्ता

२० आइतबार , आश्विन २०८१२ बर्ष अगाडि

उपनिर्वाचनका लागि रास्वपासहित २५ वटा दल दर्ता

आगामी मंसिर १६ गते हुन गइरहेको स्थानीय तहको उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित दुई दर्जनबढी राजनीतिक दल निर्वाचन आयोगमा दर्ता भएका छन् ।

दल दर्ताका लागि तोकिएको समयावधिमा २५ वटा दल दर्ता भएको आयोगले जानकारी गराएको हो । आयोगले असोज १० गतेदेखि १६ गतेसम्म समय दिएर दल दर्ता आह्वान गरेको थियो ।

उक्त समयावधिमा आयोगमा निवेदन आएका २६ वटा राजनीतिक दलमध्ये कानूनी रीत पूरा भएका २५ वटालाई आयोगले दर्ता गरेको हो ।

जसअनुसार नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), जनता समाजवादी पार्टी (जसपा) नेपाल, नेकपा एकीकृत समाजवादी दर्ता भएको आयोगले जनाएको छ ।

त्यस्तै, नेपाल मजदुर किसान पार्टी, मंगोल नेशनल अर्गनाइजेशन, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेपाल समाजवादी पार्टी, आम जनता पार्टी, बहुजन एकता पार्टी, जनता समाजवादी पार्टी, समावेशी समाजवादी पार्टी, हाम्रो नेपाली पार्टी, नेपाल कम्यूनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नागरिक उन्मुक्ति पार्टी, नेशनल रिपब्लिक पार्टी, राष्ट्रिय जनता पार्टी नेपाल, नेपाली काँग्रेस (बीपी), राष्ट्रिय मातृभूमि पार्टी, जनमत पार्टी र नेपाली जनता दल पनि आयोगमा दर्ता भएका छन् ।