Advertisement Banner
Advertisement Banner

३० बुधबार, आश्विन २०८१23rd July 2024, 10:09:55 am

उपनिर्वाचनकाे दल दर्ता स्वीकृत गरिने

२० आइतबार , आश्विन २०८११० दिन अगाडि

उपनिर्वाचनकाे दल दर्ता स्वीकृत गरिने

स्थानीय तह उपनिर्वाचनमा दल दर्ताका लागि परेको निवेदनमाथि छानबिन गरि अन्तिम रूप दिएसंगै दर्ता स्वीकृत गरिने भएकाे छ । आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाले निवेदन आएका २६ दलमध्ये केही दलको कागजात अपुग भएकाे र समय सीमाभित्र कागजात आए ती दलको दर्ता स्वीकृत हुने जनाएको हाे ।  

आयोगको निर्वाचन कार्यतालिकाअनुसार निवेदनमाथि छानबिन गरी आज दर्ता स्वीकृत गरिने बताइएकाे छ । आयोगमा आएका २६ दलमध्ये केही दलको कागजात अपुग भएकाले समयमै कागजात आए ती दलको दर्ता स्वीकृत हुने अन्यथा निवेदन अस्वीकृत हुने बताएकाे छ ।

आउँदाे मङ्सिर १६ गते स्थानीय तहमा रिक्त रहेका पदाधिकारीको निर्वाचन हुँदै छ भने आयोगले यसअघि असोज १० देखि १६ गतेसम्म दल दर्ताका लागि निवेदन आह्वान गरेको थियो ।