Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

२०८४ माओवादी केन्द्र एक्लै लड्छ

२० आइतबार , आश्विन २०८११७ दिन अगाडि

२०८४ माओवादी केन्द्र एक्लै लड्छ

असोज १९ गते, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणा गरेका छन्– आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिष्पर्धा गर्छ । यो घोषणा दोलखा काठमाडौं सम्पर्क समन्वय समितिको भेटघाट तथा अन्तर्क्रिया कार्यक्रममा बताएका हुन् ।
प्रचण्डले भनेका छन्– विगतमा कहिले कांग्रेस र कहिले एमालेसँग गठबन्धन गरेर चुनावमा जाँदा माओवादीको पहिचान नै कमजोर हुन पुग्यो । पहिचान बचाएर एक्लै चुनावमा जाने सुरुवात आगामी मंसिरमा हुने उपनिर्वाचनबाट हुनेछ ।
स्मरणीय के छ भने कांग्रेस र एमाले मिलेर सरकार निर्माण गरेपछि त्यसै पनि माओवादी केन्द्र एक्लैछ । अब उसका साथमा रास्वपाबाहेक कोही पनि देखिदैन । हेर्नुछ, प्रचण्डले बोलेको पूरा गर्छन् कि गर्दैनन्  । यदि एक्लै चुनावमा गए माओवादी केन्द्रले आफ्नो हैसियत प्रमाणित गर्नेछ ।
यो अन्तरकृयामा प्रचण्डले फेरि पनि मनको तुष पोखे– आफ्नो पार्टीले सरकारमा रहँदा सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिका पक्षमा थालेको अभियान र त्यसकै कारण सरकारबाट हटाइएको हो । आगामी निर्वाचनमा एक्लै चुनाव लडेर विजय प्राप्त गर्ने छौं । अहिले देशव्यापीरुपमा देखिएको जनताको आशा र आकर्षणलाई संगठन निर्माण र जनलपरिचालनसँग जोडेर चुनाव लड्नेछौं ।