Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अग्नि सापकोटा बचे

१६ बुधबार , आश्विन २०८१२१ दिन अगाडि

अग्नि सापकोटा बचे

सर्वोच्चमा ज्यानमुद्दा चलिरहेकै छ, अग्नि सापकोटा सभामुखको कार्यकाल सकेर कानुन निर्माताका रुपमा सांसद छँदैछन् . २०८१ सालको सुरुवातमै योे मुद्दामा वैशाख १२ गते प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठसहित न्यायाधीशहरू प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल, प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको इजलासले सुनुवाइ थाल्यो . जेठ २३ मा निर्णयको मिति पनि तोक्यो र मिति स¥यो, साउन २३ का लागि र फेरि स¥यो भदौ १२ का लागि र फेरि स¥यो असोज ९ का लागि र असोज ९ मा फैसला आएन, काभ्रे अदालतको सक्कल फाइल झिकाउने आदेश दिइयो र २०६८ असार ६ गते सर्वोच्च पुगेको यो मुद्दा १३ वर्ष पछि पुनः सुरु अवस्थामा फर्केको छ .
अब नयाँ प्रधानन्यायाधीश नियुक्त भइसक्नेछन्, फेरि सुनवाई हुनेछ र फैसला कहिले हुन्छ, भन्न सकिदैन .