Advertisement Banner
Advertisement Banner

०६ मंगलबार, कार्तिक २०८१23rd July 2024, 10:09:55 am

अमेरिका, राजा महेन्द्र र राष्ट्रसंघ

१५ मंगलबार , आश्विन २०८१२२ दिन अगाडि

अमेरिका, राजा महेन्द्र र राष्ट्रसंघ

कमल कोइराला– -  -  -
नेपाल विसं २०१५ साल मंसिर २९ गते संयुक्त राष्ट्रसंघको सदस्य बन्यो । नेपाल राजा महेन्द्रका पालामा संयुक्त राष्ट्रसंघको सदस्य बनेको हो । त्यसबेला मन्त्रिपरिषद्को अध्यक्ष सुवर्ण शमशेर हुनुहुन्थ्यो । ‘रियल पावर’ भने राजा महेन्द्रसँगै थियो ।
चुनाव सकिएपछि वीपी कोइराला २०१६ जेठ १३ गतेदेखि जननिर्वाचित प्रधानमन्त्री बन्नुभयो । त्यसअघि नै राष्ट्रपति आइजनहावरका पालामा राजा महेन्द्रको पहिलो अमेरिका भ्रमण भयो । त्यसबेला ऋषिकेश शाह अमेरिकाका लागि नेपाली राजदूत हुनुहुन्थ्यो ।
नेपाल–अमेरिका कूटनीतिक सम्बन्धको कुरा गर्दा  विसं २००४ फागुन ६ गते बेलायतका लागि राजदूत रहेका केशरशमशेर जबराले नै उतैबाट अमेरिका गएर राजदूतको भूमिका निभाएको इतिहास छ ।
त्योबेला राष्ट्रसंघका पाँचवटा स्थायी सदस्य थिए । रूस, फ्रान्स, बेलायत, अमेरिका, चीन । नेपालले सदस्यताका लागि पहल गर्दा पहिलो पटक रूसले भिटो हाल्दियो । सदस्य हुन सहज थिएन । उनीहरूका आफ्ना–आफ्ना गेम हुन्छन् । रूसलाई आफूलाई साथ दिने देशलाई सदस्य बनाउनु थियो, नेपाललाई रोकिदियो । मातृकाप्रसाद कोइराला भन्दा पहिले ऋषिकेश शाह राष्ट्रसंघ र अमेरिकाका लागि राजदूत हुनुहुन्थ्यो । एउटै राजदूतले वासिङटन र न्युयोर्क दुवै हेर्थे । राष्ट्रसंघको सेशन चल्दासम्म न्युयोर्क बस्ने, त्यसपछि वासिङटन । वासिङटनमा दूताबासले त्यतिबेलै घर किनेको थियो । ‘फोर्टी सेकेन्ड स्ट्रिट’ भन्ने ठाउँमा संयुक्त राष्ट्रसंघकै अगाडि न्युयोर्कमा भाडाको घर थियो । अस्ति प्रदर्शनकारीहरूले हल्ला गरे नि, हो त्यहीँ । पारि राष्ट्रसंघको बिल्डिङ छ, वारि हाम्रो भाडाको घर । ऋषिकेश शाह सेप्टेम्बर १९५८ देखि अक्टोबर १९५८ सम्म राजदूतका रूपमा त्यहाँ बसेका हुन् ।
राजा महेन्द्रले १३ जुलाई १९६१ मा शासन सत्ता हातमा लिए । शासन सत्ता हातमा लिएपछि पहिला मातृकाप्रसाद कोइरालालाई थुने । पछि राष्ट्रसंघ जाने भए छोडिदिन्छु भने । अमेरिका र राष्ट्रसंघको राजदूत बनाएर राजा महेन्द्रले मेरा बुबा मातृकाप्रसादलाई अमेरिका पठाए । प्रधानमन्त्री भएर राजदूत हुने उहाँ नै पहिलो व्यक्ति हो । राजा महेन्द्रसँग अमेरिकाको सम्बन्ध राम्रो थियो ।
महेन्द्र र वीपी कोइराला
अमेरिकाको सम्बन्ध राजा महेन्द्रसँग धेरै गहिरो थियो । महेन्द्र बीपी कोइराला प्रधानमन्त्री भइसकेपछि पनि अमेरिका गएका थिए । त्योबेलामा अमेरिकाले राजा महेन्द्रलाई ठूलो राजकीय सम्मान प्रदान ग¥यो । हत्तपत्त कुनै पनि विदेशको राष्ट्र प्रमुखलाई अमेरिकाले सिनेट र हाउस अफ रिप्रिजेन्टेटिभको संयुक्त बैठकमा भाषण गर्न दिँदैन । तर, राजा महेन्द्रलाई अमेरिकाले त्यहाँ सम्बोधन गर्न दियो ।
यत्रो ठूलो सम्मान हत्तपत्त अमेरिकीले दिँदैन । जोनसन राष्ट्रपति हुँदा सन् १९६७ मा राजा महेन्द्रलाई स्टेट भिजिटमै बोलायो र ‘गार्ड अफ अनर’ दियो । यसको भित्री कारण राजा महेन्द्रले खम्पा विद्रोहलाई अनुमति दिएका थिए । पञ्चायतकालमा नेपालका गाउँ–गाउँमा अमेरिकी पिसकोरका भोलेन्टियरहरू खटिएका थिए । अमेरिकाले नेपाललाई भूमि सुधार गर भनेर दबाब नै दिएको थियो । भूमिसुधारका लागि भित्री दबाब दिने अमेरिका रहेछ । अमेरिकाले दुई–दुई पल्ट बोलाएको छ । नेपालमा अमेरिकाको ठूलो ‘इन्ट्रेस्ट’ छ ।
बीपीलाई अमेरिकाले २०१५ सालको चुनावका बेलामा पैसा (चुनाव खर्च) दिएको थियो । त्योबेला तुलसी गिरीले दोहोरो भूमिका खेले । नत्र राजा महेन्द्रलाई कसरी सीआईएले गुप्त रूपमा बीपीलाई पैसा दिएको थाहा पाए ?
राजा महेन्द्रको अमेरिका भ्रमणमा उपप्रधानमन्त्री सुवर्ण शमशेर पनि गएका थिए । त्योबेला अमेरिकाका राष्ट्रपति र महेन्द्रबीचको गोप्य कुराकानीमा सुवर्णलाई २० मिनेट बाहिरै राखिएको थियो । (खबरहवको सहयोगमा)