Advertisement Banner
Advertisement Banner

०४ बुधबार, मंसिर २०८२19th October 2025, 9:36:14 am

नर्थ कोरिया बाँच्नका लागि मर्न तैयार

२४ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

धर्मरत्न श्रेष्ठ -

अमेरिकाको अगुवाईमा उत्तरकोरियाविरुद्ध नाकावन्दी घोषण गरिएपछि उत्तर कोरियाका नेता किम जोङ उनले बाँच्नका लागि परमाणु हतियार जुनसुकै बेला प्रयोग गर्न सकिने गरी तैयारी अवस्थामा बस्न निर्देशन दिएपछि विश्वव्यापी रुपमा अर्को विश्वयुद्ध हुने खतराले सनसनी फैलिएको छ। उत्तरकोरियाका नेता उनले परमाणु हमलाका लागि तैयार रहनुपर्ने बताउनु खतराको संकेत मानिएको छ।

किन जोङ उनले भनेका छन्– उत्तरकोरियाको अस्तित्वलाई धम्की दिइएको छ। आफ्नो स्वाधीनता र सम्प्रभूताको रक्षाका लागि परमाणु क्षमतामा बृद्धि गर्नैपर्ने भएको छ। जटिल स्थिति सिर्जना भइरहेको छ। त्यसको सामना गर्न तैयार होउ। \u000a    परमाणु मिसाइल परिक्षण गरेको भन्दै राष्ट्रसंघले उत्तरकोरियाविरुद्ध कडा नाकावन्दी गर्ने निर्णय गरेलगत्तै उनले यस्तो अभिव्यक्ति दिएका हुन् र अभिव्यक्ति दिइरहदा ६ थान परमाणु मिसाइल परिक्षण गरिएको थियो। नाकावन्दीको प्रतिवाद गर्ने उत्तर कोरियाको शैली अत्यन्त आक्रामक मानिएको छ।

उनले आफू जस्तोसुकै नाकावन्दीका लागि तैयार भएको कडा जवाफ फर्काएपछि पेन्टागनका प्रवक्ता कमान्डर बिल अर्वानले उत्तेजक कामहरु नगर्न कोरियालाई आग्रह गरेका छन्। उत्तर कोरियाले के भन्यो भन्नेतिर होइन, अन्तर्राष्ट्रि दायित्वमा केन्द्रित रहन जरुरी भएको अर्वानको कथन थियो। यद्यपि अन्तर्राष्ट्रि सैनिकविदहरु उत्तरकोरियाले प्रक्षेपण गरेको मिसाइल रकेट हो कि के हो स्पष्ट हुननसकेको र कति क्षमताका हुन् बुझ्न नसकेको बताएका छन्। उत्तर कोरियासँग भएका हतियारको क्षमताबारे पनि विश्वजगत अनभिज्ञ रहेको छ।

उत्तर कोरियाले यसअघि हाइड्रोजन बम र स्याटेलाइट परीक्षण गरेपछि विश्व सुरक्षाका अगुवाहरुको सातापुत्लो उडेको थियो। नाकावन्दी त्यसैको नतिजा हो।चीनसँग ५ हप्ता लामो छलफलपछि अमेरिकाको नाकावन्दी प्रस्ताव पारित सम्भव भएको थियो। तथापि कुन कुरामा अमेरिका र चीन सहमत भए भन्ने विषय अझै पनि गोप्य नै रहेको छ। नाकावन्दीचाहिं सुरु भइसकेको छ।

उत्तर कोरियाले आखिर फेरि अमेरिका र बाँकी विश्वलाई एकपटक थरथर हुनेगरी कामज्वरो निकालिदिएको छ। शक्तिसम्पन्न विश्व एकातिर हुँदा पनि एक्लो उत्तरकोरिया आफ्नो देशभक्तिमा आँच आउन नदिन मर्न तैयार छु भन्ने गौरवपूर्ण उद्घोष गर्छ भने योभन्दा प्रशंसा गर्नैपर्ने थप कारण खोजिरहनु पर्ला र? राष्ट्रसंघले लगाएको प्रतिवन्ध कस्तो हो? चीनको समेत समर्थनमा राष्ट्रसंघमा उत्तरकोरियाविरुद्ध नाकावन्दी प्रस्ताव पारित भएपछि उत्तर एक्लियो भन्ने उत्साह फैलिएको देखिन्छ। तर उत्तर कोरियाका नेता किम उनको प्रतिक्रियाको धमाका सुनेपछि विश्वभरि चिन्ता फैलिन थालेको छ। अर्को भियतनाम युद्ध हुने त होइन? आशंका थपिएको छ।

उत्तरविरुद्धको नाकावन्दीमा दक्षिण कोरियाले जोडदार समर्थन गरेको देखिन्छ। राष्ट्रसंघको पारित प्रस्तावले उत्तरविरुद्ध लगाइएको नाकावन्दीले आणविक अस्त्र विकासमा ठूलो प्रभाव पार्ने दक्षिण कोरियाको प्रतिक्रिया रहेको छ। अमेरिकाले उत्तर कोरिया अव यस्ता खतरनाक क्रियाकलापबाट पछि हट्नुपर्छ भन्ने टिप्पणी गरेको छ। बाराक ओवामाको श्वरमा श्वर मिलाएर दक्षिण कोरियाका राष्ट्रपति पार्क हिको भनाई छ– उत्तर कोरिया आणविक अस्त्र किासको काम स्थगित गरेर जनताको लागि सही मार्ग अवलम्बन गर्ने विश्वास गर्न सकिन्छ।

के के कुरा भयो प्रतिबन्ध?

१, कोइला, फलाम वा न्युक्लियर परीक्षणमा प्रयोग हुने फलाम र मिसाइल परिक्षण गर्न आवश्यक बस्तु। २, सबै प्रकारका सुन, टाइटानियम ,बहुमुल्य खनिज पदार्थ र उडानको लागि आवश्यक तेल निर्यात। ३, खानेकुरा र औषधी बाहेक उत्तर कोरियाका सैनिक बलले उत्पादन गर्नसक्ने सबै बस्तुहरु। ४, साना र हलुका हतियारहरु ५, घडी,मोवाइल, खेलकुदका सामानहरु र विलासिताका सामानहरु। ६,गाडी तथा हवाइजहाजहरु उत्तर कोरियाले दर्ता गर्न र भाडामा लिन प्रतिबन्ध गरिएको छ। थप–

१, संयुक्त राष्ट्रसंघका राष्ट्रले प्रतिबन्ध गरेको सामानमा मात्र नभई नाकाबाट आउने र जाने सबै वस्तुको मुल्याङ्कन गर्नुपर्छ। २,न्युक्लियर तथा मिसाइल कार्यक्रमसंग सम्बन्धित कुनै पनि लगानी कोषलाई फ्रिज गर्ने। ३, बैदेशिक वित्तिय संस्थाले अनुमतिबिना उत्तर कोरियामा कुनै पनि नयाा कार्यलय खोल्न पाउनेछैन र उत्तर कोरियाका बैंकहरु बाहिर कुनै पनि देशमा साखा खुल्न पाउने छैनन्।