Advertisement Banner
Advertisement Banner

२२ सोमबार, असार २०८३20th June 2026, 4:50:23 am

चैत ७ गते राष्ट्रसंघमा बुद्धभजन

२४ सोमबार , फाल्गुण २०७२१० बर्ष अगाडि

२० मार्च अर्थात आगामी चैत ७ गते राष्ट्रसंघमा पहिलो पटक नेपाली बौद्ध भजन गुन्जने भएको छ। यो बुद्ध भजन गाउनेछिन्, युनिसेफकी सदभावना दूत एवं गायिका आनी छोइङले। यो दिन 'अन्तर्राष्ट्रिय खुशी दिवस' हो। आनी छोइङलाई 'गेष्ट अफ अनर पर्फमर' का रुपमा हिमाली बौद्ध भजन, आध्यात्मिक गीत सुनाउने अवसर मिलेको छ। बुद्धको जन्मथलो नेपाल भएका नाताले नेपालले यो अवसरको उपयोग गर्नेछ।