Advertisement Banner
Advertisement Banner

०३ शनिबार, आश्विन २०८३11th September 2026, 3:46:59 pm

प्रदेश खारेज गर्दा प्रजातन्त्र मासिन्न

०९ बुधबार , आश्विन २०८१२ बर्ष अगाडि

प्रदेश खारेज गर्दा प्रजातन्त्र मासिन्न

संविधान संशोधनका लागि बहस चलिरहेका बेलामा माओवादी आत्तिएर माओवादीको सहमति बिना गरिने संविधान संशोधन मान्य छैन भनेर घुक्र्याइरहेको बेलामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातन्त्र मासियो भने जनताले आन्दोलन गर्छन्, म पनि प्रजातन्त्रका लागि लड्छु भन्ने अभिव्यक्ति दिएका छन् ।
देउवाले प्रष्ट शब्दमा भनेका छन्– प्रदेश संरचना खारेज गर्दा प्रजातन्त्र नै मासिने होइन । बेलायतको जस्तो संसदीय प्रणाली चाहिने हो । तर आफूलाई वीपी कोइरालाको सच्चा अनुयायी ठान्ने देउवाले वीपीको बाटोमा हिड्ने बताएनन् ।
दुई ठूला पार्टीको सत्ता समीकरणलाई विश्लेषकहरूले अप्रत्यासित होइन भन्ने निष्कर्ष निकालेका छन् । २०५२ मा महाकाली सन्धि पास गर्दा, भारतीयलाई नागरिकता दिने विषय, जलस्रोतमा भारतको एकाधिकार मान्ने र दिल्लीको १२ बुँदे सहमति गर्ने मुख्य पात्र यिनै हुन् । यिनीहरू राष्ट्रघातमा सहमति गर्ने साझेदार हुन् । यसकारण संविधान नमान्ने भारतलाई खुशी पार्न संविधान संशोधन हुनसक्छ भन्नेहरू धेरै निस्केका छन् ।